Samajik Feed – News Portal from Nepal

मोरङमा १० वर्षीया बालिका बलात्कृत, घरबेटी पक्राउ

विराटनगर, १९ पुस । मोरङको सुन्दरहरैँचामा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । अभिभावकसँग डेरा गरी बस्ने बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो । धनकुटा घर भएकी बालिका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । बालिकालाई मगरले पटकपटक बलात्कार […]

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौँ, १९ पुष । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमणमा आएका छन् । बिहीबार काठमाडाैँ आएका मन्त्री जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको […]

वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा ३२ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, पुस १९ गते । वीरगन्जबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगञ्जबाट जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका ६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर सडकबाट अन्दाजी […]

रौतहटको धरमपुरमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

रौतहट, १८ पुष । रौतहटको धरमपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार गढीमाई नगरपालिका–६ धरमपुरमा भएको ट्रयाक्टर दुर्घटनामा चालक माधवनारायण नगरपालिका–३ का २२ वर्षीय रञ्जितकुमार पण्डितको मृत्यु भएको हो । उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ना. २ त ८५०८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना […]

भारतीय विदेशमन्त्री जयशंकर बिहीबार नेपाल भ्रमणमा आउँदै

काठमाडाैँ, १८ पुष । भारत सरकारले विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे औपचारिक घोषणा गरेको छ। भारतीय विदेश मन्त्रालयले नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल जाने जानकारी दिएको हो । दुईदिने भ्रमणका लागि मन्त्री जयशंकर बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत […]

रौतहटको फतुवा विजयपुरका कर्मचारी आन्दोलनमा

रौतहट, १८ पुष । रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गतका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । गत साउनदेखि तलब पाउन नसकेको भन्दै शिक्षक–कर्मचारीले बुधबारदेखि नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गरेका हुन् । समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलनस्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना बस्ने कर्मचारीहरूले बताएका छन् । जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कर्मचारीहरूले तलब […]

भेषभूषा वा समुदायलाई लक्षित गरी पक्राउ गर्नु मौलिक हकमाथि प्रहार: मधेशी आयोग

काठमाडाैँ, १८ पुष । धाेती दिवसका अवसरमा मधेशी समुदायका व्यक्तिहरूलाई धरपकड गरिएकोप्रति मधेशी आयोगले आपत्ति जनाएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी विशेष भेषभूषा, रंग-रूप र भाषा भएकालाई धडपकड वा गिरफ्तार गरी कारबाही गरिएकोप्रति आपति जनाएको हो । कुनै समुदायलाई लक्षित गरी गिरफ्तार गर्नु मौलिक हकमाथिको प्रहार भएको पनि आयोगको ठहर छ । संविधान […]

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरीको मृत्यु, तीन घाइते

सामाजिक फीड-जनकपुरधाम, पुस १८ गते । मोटरसाइकलको ठक्करबाट हेटौंडामा एक जना प्रहरीको मृत्यु भएको छ । मोटरसाइकलचालकसहित तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान डडेलधुरा अलिताल गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय विनोद एडी छन् ।आज बिहानै हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा हेटौँडाबाट नवलपुर जाँदै गरेको ना ४ प २२२ नम्बरको […]

पथलैयामा यातायात कार्यालयअन्तर्गत अस्थायी पटके इजाजत शाखा खुल्यो

बारा, १७ पुष । बाराको जितपुरसिमरामा यातायात व्यवस्था कार्यालयअन्तर्गत अस्थायी पटके इजाजत शाखा सञ्चालनमा आएको छ । मधेश सरकारका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले यो शाखाको उद्घाटन गरेका हुन् । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा पटके सेन्टरको उद्घाटन गर्दै मन्त्री सिंहले मधेशको हुलाकी राजमार्गमा अब छिट्टै इलेक्ट्रिकल बस सेवा सञ्चालनमा आउने दाबी गरे । उनले यस क्षेत्रका […]

रास्वपा अध्यक्ष लामिछानेद्वारा कान्तिपुरविरुद्ध मुद्दा दायर

काठमाडौँ, १७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कान्तिपुर पब्लिकेशन प्रा.लि. विरुद्ध मुद्दा दायर गरेका छन् । मंगरबार लामिछानेले काठमाडौँ जिल्ला अदालतमा कान्तिपुरविरुद्ध गालीवेइज्जतको मुद्दा दर्ता गराएका हुन् । उनले कान्तिपुर दैनिकले आफ्नो मानहानी गरेको भनेका छन् । मुद्दा दायरसँगै अध्यक्ष लामिछानेले सामाजिक सञ्चाजलमा लेखेको स्टाटस यस्तो छ, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर […]