बरहथवामा मारिएका जयशंकरको शव दुईदिनदेखि घटनास्थलमै

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साहको शव दुईदिनदेखि घटनास्थलमै छ । मृतक परिवार तथा आन्दोलनकारीको मागमा सहमति नजुट्दा उनको शव अझै घटनास्थलमै छ । शव व्यवस्थापन र प्रदर्शन रोक्ने विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा चलेको छलफल बिना निष्कर्श सकिएको थियो । […]
बरहथवा घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौँ, २१ पुस । सर्लाहीको बरहथवा घटनालाई लिएर सरकारले छानबिन समिति बनाएको छ । बरहथवामा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न शनिबार गृह मन्त्रालयले तीन सदस्यीय समिति बनाएको हो । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनाइएको समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् […]
ललितपुरका सीडीयो र प्रहरी प्रमुखको फेरिए

काठमाडौँ, २० पुष । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । त्यस्तै प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई पठाइएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टर तानिएको […]
बरहथवा घटना: प्रहरीले गोली चलाएको पुष्टि, गोली चलाउन आदेश नदिएको सीडीयोको भनाइ

सर्लाही, २० पुष । सर्लाहीका प्रमुख जिल्ला अधिकारीको आदेशबिना बरहथवामा प्रहरीले गाेली चलाएको खुल्न आएको छ । शुक्रबार बरहथवामा प्रहरीले प्रहार गरेको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको विषयमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको स्पष्टोक्ति दिएका हुन् । १५ शैय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने र प्रदेशलाई […]
आजपाद्वारा सर्लाही घटनाको भर्त्सना, उच्चस्तरीय छानबिनको माग

काठमाडौँ, २० पुष । आम जनता पार्टी (आजपा) ले सर्लाहीको बरहथवामा स्थानीय जयशंकर साहको मृत्यु भएको घटनाको भर्त्सना गर्दै उच्चस्तरीय छानबिनको माग गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षीय […]
जसपाद्वारा लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौँ, २० पुष । जनता समाजवादी पार्टी जसपाले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले शुक्रबार सामाजिक सञ्जालमार्फत् सो प्रतिवेदन सार्वजनिक गरेका हुन् । निर्वाचन आयोगले पुस मसान्तभित्र आर्थिक प्रतिवेदन बुझाउन र सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक गर्न दलहरूलाई […]
नेपाल भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौँ, २० पुष । नेपालको भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता भएका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकर शुक्रबार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले बिदाइ गरेका छन् । भ्रमणका क्रममा जयशंकरले उच्चस्तरीय भेटवार्ता गरेका थिए । त्यस्तै आयोगको बैठकपछि नेपाल र […]
सशस्त्र प्रहरीमा विभिन्न पदको लागि ठूलो संख्यामा भर्ना खुल्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २० गते । सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा विभिन्न पदको लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको हो । सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर […]
नेपाल-भारतबीच के–के भयो सम्झाैता ?

काठमाडाैँ, १९ पुष । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा चार वटा सम्झाैतामा हस्ताक्षर भएका छन् । बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडाैँमा बसेको आयोगको बैठकमा नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका हुन् । बैठकअघि दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता […]
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ, १९ पुष । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले सर्लाही मलंगवा घर भई हाल काठमाडौँ शान्तिनगर बस्ने बलरामकुमार महतो, झापा घर भई टोखा बस्ने गणेशकुमार कुलुङ राई र नुवाकोट घर भई हाल टोखा […]