Samajik Feed – News Portal from Nepal

राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि कुल ५२ जनाको उम्मेदवारी

काठमाडौँ, २३ पुष । राष्ट्रियसभा निर्वाचनका लागि कुल ५२ जनाको उम्मेदवारी परेको छ । सोमबार सातवटै प्रदेशका निर्वाचन कार्यालयमा गरी कुल ५२ जनाले मनोनयन दर्ता गराएका हुन् । यही माघ ११ गते हुन लागेको निर्वाचनबाट राष्ट्रियसभाका लागि एक तिहाइ अर्थात् १९ सदस्य चुनिने छन् । १९ सिटका सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६, […]

राष्ट्रियसभा निर्वाचन: जनमतबाट मधेशमा महासेठको उम्मेदवारी

जनकपुरधाम, २३ पुस । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा अन्यतर्फबाट उम्मेदवार खडा गरेको छ । जनमत सत्ता गठबन्धनमा भए पनि छुट्टै उम्मेदवार खडा गरेको हो । निर्वाचनको अन्यतर्फबाट सोमबार जनमतका रामशंकर महासेठले पनि मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनकोतर्फबाट कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले महिला […]

आगो ताप्ने क्रममा एक वृद्धको जलेर मृत्यु

बाँके, २३ पुष । बाँकेको नेपालगञ्जमा आगो ताप्ने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । नेपालगञ्ज मदनापुरका ९० वर्षीय छोटेलाल सार्कीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको चुलोमा आगो ताप्ने क्रममा यो घटना भएको थियो । आइतबार भएको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । samajik_feedsamajikfeed.com

काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ, २३ पुष । ‘नेटवर्किङ’ मार्फत् काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले खोटाङ घर भई काठमाडौँ बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय हिमाल राईलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा मासिक ५० हजार रुपैयाँ तलबका लागि कामदार आवश्यक परेको भन्दै विज्ञापन […]

भारतबाट पश्चिम नेपालमा प्रवेश गरेकाहरूमा कोरोना सङ्क्रमण देखिन थाल्यो

कैलाली, २३ पुष । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको कैलालीको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । हेल्थ डेस्कका प्रमुख […]

बरहथवामा ११ बुँदे सहमतिपछि उठाइँदै जयशंकरको लास, आन्दोलन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । सर्लाहीको बरहथवामा ११ बुँदे सहमतिपछि मृतक जयशंकर साहको शव प्रहरीले उठाउन लागेको छ । आइतबार साँझ मृतक परिवार तथा आन्दोलनरत्त पक्ष र प्रशासनबीच ११ बुँदे सहमतिपछि प्रहरीले मुचुल्का गरी शव उठाउन लागेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार दोषी प्रहरीमाथि छानविन गरी कारबाही गर्ने, सहिद […]

प्रदेश चुनावमा पराजित पूजा जसपाबाट राष्ट्रियसभा उम्मेदवार

काठमाडौँ, २२ पुष । राष्ट्रियसभा निर्वाचनका लागि जनता समाजवादी पार्टीले पाएको एक मात्र सिटमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले मधेश प्रदेशबाट चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रौतहटकी चौधरी जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् । गत निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा उम्मेदवार […]

राष्ट्रियसभा चुनाव: एमालेले १९ उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, २२ पुस । नेकपा एमालेले राष्ट्रियसभा चुनावका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ । यद्यपि उम्मेदवारकाे सूची भने सार्वजनिक गरिएको छैन । निर्वाचनका लागि १९ वटै सिटमा उम्मेदवारको टुंगो लगाएर टिकटसमेत दिइसकेको एमाले स्रोतले जनाएको छ । जसअनुसार कोशी प्रदेशबाट अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी चौधरी उम्मेदवार बन्ने भएका छन् […]

राष्ट्रियसभाको महिला उम्मेदवार टुंग्याउन जसपाको बैठक बस्दै

काठमाडौँ, २२ पुष । राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाउन जसपा कार्यकारिणी समितिको बैठक सुरु भएको छ । गठबन्धनमा सिटको टुंगो लागेपछि पार्टीको उम्मेदवार चयन गर्न ललितपुरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेको हो । मधेश प्रदेशबाट जसपाले एक महिला उम्मेदवार पाउने भएको छ । जसपाले दुई सिट दाबी गर्दै आइरहेको थियो । samajik_feedsamajikfeed.com

त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ

काठमाडौँ, २२ पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित शनिबार राति पक्राउ गरिएको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएको प्रहरीले जनाएको छ । samajik_feedsamajikfeed.com