उदयपुरमा २० वर्षीया युवतीलाई बलात्कार, तीन जना पक्राउ

उदयपुर, २५ पुष । उदयपुरमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले चौदण्डीगढी नगरपालिका-८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगरलाई पक्राउ गरेको हो । उनीहरूले ती युवतीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट […]
भ्रष्टाचार अनुसन्धान थालेपछि आफैले बनाएको जनलोकपाल आयोग खारेज गर्दै मधेश सरकार

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । मधेश प्रदेश सरकारले जनलोकपाल अयाोग खारेज प्रक्रिया अघि बढाएको छ । प्रदेशको सार्वजनिक मामिला ‘पारदर्शी र भ्रष्टाचारमुक्त’ बनाउन गठन गरेको जनलोकपाल आयोग खारेजी प्रक्रिया सुरु भइसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयले ‘प्रदेश सुशासन विधेयक’ प्रदेशसभामा पेश गरी आयोग खारेज गर्न लागेको मुख्यमन्त्री कार्यालयका उपसचिव […]
बलात्कार मुद्दामा दोषी ठहर सन्दिपलाई आज सजाय सुनाइँदै, ७ देखि १० वर्षसम्म हुनसक्छ जेल

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै छ । यहीँ पुस १३ गते न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको उनलाई जिल्ला दालत, काठमाडौंले आज सजय तोक्न लागेको हो । चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी […]
‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन पक्राउ

काठमाडौँ, २४ पौष । तपस्वीको आवरणमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरेको हो । बम्जनले बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोपमा सीआईबीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो । उनको सिन्धुपाल्चोक तथा […]
१६ जना डिआइजीको सरुवा, मधेश प्रदेशमा आए यज्ञविनोद पोखरेल

समाजिक फीड जनकपुरधाम, पुस २४ गते । गृहमन्त्रालयले नेपाल प्रहरीको १६ जना प्रहरी नायव महानिरिक्षक (डीआईजी) को सरुवा गरेको छ । मंगलबार मन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले डिआइजीहरुको काज सुरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् । यज्ञविनोद पोखरेल मधेश प्रदेश, कुवेर कडायत लुम्बिनी प्रदेश, चन्द्रकुवेर खापुङ कोशी प्रदेश मा […]
शहीदहरूको विवरण सच्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २४ पुष । सरकारले शहीदहरूको विवरण सच्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मितिमा शहीद घोषणा भई विवरण फरक परेका शहीदहरूको विवरण सच्याउने निर्णय गरेको हो । त्यस्तै, नेपाल राजपत्रमा प्रकाशन हुन छुट शहीदहरूको नाम प्रकाशन गर्ने र थप शहीद घोषणा गर्ने निर्णय पनि भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना […]
माइतीघरबाट डा. केसीसहित दुई जना पक्राउ

काठमाडौँ, २४ पुस । काठमाडौँको माइतीघरबाट डा. गोविन्द केसीसहित दुई जना पक्राउ परेका छन् । दिउँसो सवा १ बजे प्रदर्शन गर्न माइतीघर पुगेका केसीसहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरेको हुँदा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ परेकाहरूले द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, माइतीघरको निषेधाज्ञा फिर्ता […]
जसपाको राजनीतिक समितिको बैठक भोलि बस्ने

काठमाडौँ, २४ पुष । जनता समाजवादी पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठक बुधबार सुरु हुने भएको छ । दुईदिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने पार्टीले जनाएको छ । बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ । त्यस्तै पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ–आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरूको प्रगति विवरण प्रतिवेदन प्रस्तुत बताइएको छ । पुस […]
१४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

मोरङ, २४ पुष । मोरङको सुन्दरहरैचामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले सोमबार राति सुन्दरहरैचा नगरपालिका-९ ज्योतिटोलका २४ वर्षीय श्याम बर्देवालाई पक्राउ गरेको हो । बर्देवाले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाको […]
महोत्तरीमा हुस्सुको कारण दुईवटा मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु, दुई गम्भीर

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । महोत्तरीमा हुस्सु र तिव्रगतिको कारण दुईवटा मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो छन् । दुबैजन मोटरसाइकल चालक हुन् । गम्भीर घाइते दुबैजनाको […]