Samajik Feed – News Portal from Nepal

मोटरसाइकलले ठक्कर दिँदा तीन बालक घाइते

राैटहट, ५ माघ । राैटहटको यमुनामाईमा मोटरसाइकलले ठक्कर दिँदा तीन बालक घाइते भएका छन् । शुक्रबार यमुनामाई गाउँपालिका–५ झुन्खुनवास्थित हुलाकी सडकमा म. प्र.०३–०२६ प ७७९७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालकहरू घाइते भएका हुन् । लखिन्द्र माझीका ११ वर्षीय छोरा रूपेश माझी, विजुली माझीका १२ वर्षीय छोरा गोलु माझी र रामेश्वर माझीका ९ वर्षीय छोरा पेटफुला […]

फेसबुकमा राजाको आलोचना गर्ने थाई व्यक्तिलाई५० वर्षको जेल सजाय

समाजिक फीड एजेन्सी माघ ५ गत राजतन्त्रको आलोचना गरेको आरोपमा एक थाई व्यक्तिलाई बिहीबार ५० वर्षको कारागार सजाय दिइएको छ। मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो। थाइल्यान्डले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूविरुद्ध विवादास्पद कानूनको प्रयोगलाई बढावा दिएपछि यो कीर्तिमानी सजाय धेरै वर्षपछि आएको छ। आलोचकहरूले उक्त सजायलाई असहमतिलाई मौन बनाउने रणनीति […]

काठमाडौँमा एक व्यापारीको घरबाट दुई करोड बरामद्

काठमाडौँ, ५ माघ । काठमाडौँमा एक व्यापारीको घरबाट दुई करोड रुपैयाँ बरामद् भएको छ । राजस्व अनुसन्धान विभागले छापा मारेपछि क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरबाट यो परिमाणमा रकम बरामद् भएको हो । विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरेको पनि जनाएका छन् । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न रहेको प्रहरीको […]

८ सय २६ जना प्रहरी वरिष्ठ हवल्दारमा बढुवा

काठमाडौँ, ५ माघ । नेपाल प्रहरीका ८ सय २६ हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गरिएको छ । गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना (प्रहरी) लैनचौरलाई भनेको छ । samajik_feedsamajikfeed.com

प्रस्तावित जग्गामै बर्दिबास मेडिकल कलेज बन्ने

सामाजिक फीड-जनकपुरधाम, माघ ५ गते । प्रस्तावित जग्गामै बर्दिवास मेडिकल कलेज बन्ने भएको छ । पूर्वाधार निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले कलेज पूर्वाधार निर्माणका लागि महोत्तरी नगरपालिका–४ माइस्थानको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरको जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । जग्गा उपलब्ध भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय […]

राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेश प्रदेशमा बिदा दिन जानकी मन्दिरको माग

समाजिक फीड जनकपुरधाम, माघ ४ गते । जानकी मन्दिरले भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन माग गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनत्र बुझाउँदै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले माघ ८ गते प्रदेशभरि सार्वजनिक बिदा दिन माग गरेका छन् । उनले त्यस दिन प्रदेशभर दिपावली मनाउनका […]

मेयर साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ

बारा, ४ माघ । कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का ३६ वर्षीय भोला गिरीलाई पक्राउ गरेको हो । अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भन्दै प्रमुख साहले प्रहरीमा जानकारी दिएका थिए । विभिन्न माध्यमबाट धम्की दिने ती व्यक्तिलाई पहिचान गरी […]

बालिका बलात्कार गर्न लगाउने व्यक्तिसहित तीन जना पक्राउ

दाङ, ४ माघ । दाङको राजपुरमा एक बालिका बलात्कार गर्न लगाउने व्यक्तिसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले राजपुर गाउँपालिका–७ सिप्टाका ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षीय दुई जना बालकलाई पक्राउ गरेको हो । सुकविरले चार जना बालकहरूलाई सात वर्षीय ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका […]

सिरहाको मिर्चैयामा पालिकाबाटै पासपोर्ट वितरण सुरु

समाजिक फीड सिरहा, माघ ४ गते । सिरहाको मिर्चैया नगरपालिकाबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु भएको छ। बायोमेट्रिक बाहेक आवेदन लगायतका सम्पूर्ण काम पालिकाबाटै सुरु भएको मेयर श्रवनकुमार यादवले बताए । उनले बिहीवार मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरू गरेका हुन्। ‘अब मिर्चैयाबसी राहदानीका लागि प्रशासन कार्यालय पटक–पटक जानुपर्ने बाध्यता हटेको छ’, […]

उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौँ, ३ माघ । भारतका राजदूत नवीन श्रीवास्तवले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटघाट गरेका छन् । बुधबार बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा श्रीवास्तवले उपराष्ट्रपति यादवसँग भेट गरेका हुन् । भेटघाटका क्रममा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूलगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा उपराष्ट्रपति यादवले […]