रूपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

रुपन्देही, ८ माघ । रूपन्देहीको लंकापुरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरमा आज बिहान लु. ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवाका ४५ वर्षका शिवकुमार यादव र भारत सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको मृत्यु भएको […]
काठमाडौँमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

काठमाडौँ, ७ माघ । काठमाडौँको शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–१५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको हो । तनहुँको भिमाद नगरपालिका घर भई डेरा गरी बस्ने ५१ वर्षीया सफिना मियाँको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी […]
त्रिभुवन विमानस्थलमा आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ, ७ माघ । त्रिभुवन विमानस्थलबाट प्रहरीले आधा किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका झापाका खगेन्द्र दर्जी आधा किलो सुनसहित पक्राउ परेका हुन् । कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित दर्जीलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । विशेष सूचनाका आधारमा […]
नेविसंघका केही विद्यार्थी पक्राउ

काठमाडौँ, ७ माघ । विरोध प्रदर्शनका क्रममा प्रहरीले नेपाल विद्यार्थी संघका केही विद्यार्थीलाई पक्राउ गरेको छ । काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित नेविसंघले आइतबार विरोध प्रदर्शन गरेको हो । संघको काठमाडौँ जिल्ला कार्यसमितिको आह्वानमा विद्यार्थीहरूले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेका थिए । गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा […]
सर्लाहीमा पनि बन्यो कारागार भवन, गृहमन्त्री श्रेष्ठले गरे उदघाटन

समाजिक फीड जनकपुरधाम, माघ ७ गते । सर्लाहीमा कारागारका लागि निर्माण गरिएको भवन उदघाटन गरिएको छ । उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार मलंगवामा सो भवनको उदघाटन गरेका हुन् । करागार नहहुँदा अहिले सर्लाहीका कैदीबन्दीलाई महोत्तरी, रौतहट, सिन्धुली, सुनसरी लगायतका कारागारमा लगेर राख्नुपर्ने बाध्यता छ। नयाँ भवन बनेकाले अब सर्लाहीका कैदीबन्दीलाई अन्यत्र लैजानुपर्ने बाध्यता घट्ने […]
माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन

काठमाडौँ, ६ माघ । काठमाडाैँको माइतीघर लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन भएको छ । शनिबार बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडि बृहत नागरिक आन्दोलनमा आबद्ध व्यक्तिहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । माइतीघरमा निषेधाज्ञा जारी गरेर जनताको अधिकारको संकुचन गरिएको उनीहरूको आरोप छ । गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा एउटा […]
देवाही गोनाहीका पूर्वमेयर पटेलसहित दुई जना भ्रष्टाचार मुद्दा पाए सफाइ

रौतहट, ६ माघ । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्वनगर प्रमुख धर्मेन्द्र पटेलसहित दुई जना भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । शुक्रबार विशेष अदालतले पटेल र उनका स्वकीय सचिव अशोक पटेललाई सफाइ दिएको हो । न्यायाधीशहरू खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिने फैसला गरेको छ । २०७८ फागुन १५ […]
अदालतले पनि हामीलाई न्याय दिएन : महन्थ ठाकुर

समाजिक फीडजनकपुरधाम ,माघ ५ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गरेका छन्। अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरेका हुन्। शुक्रबार काठमाडौँमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा […]
घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

लमजुङ, ५ माघ । लमजुङको मर्स्यांङ्दीस्थित घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा मर्स्यांङ्दी गाउँपालिका–४ स्यागेकी ४१ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको हो । आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख रूपैयाँसमेत गरी करिब १ करोड ४४ लाख ७५ हजारको धनमाल नष्ट भएको […]
राष्ट्रियसभा सदस्य निर्वाचनकालागि जनकपुर आइपुग्यो मतपत्र

समाजिक फीडजनकपुरधाम, माघ ५ गते । अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले मतपत्र छपाइ गरी जनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ल्याएको हो । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको छ […]