Samajik Feed – News Portal from Nepal

गगन थापाले शनिवारदेखि हुलाकी सडक क्षेत्रमा संवाद यात्रा थाल्ने

काठमाडाैँ, १२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिवारदेखि हुलाकी राजमार्ग क्षेत्रमा संवाद यात्रा सुरु गर्ने भएका छन् । हुलाकी राजमार्ग वरिपरीका सर्वसाधारणसँग अन्तर्क्रिया गर्नका लागि मेची–महाकाली संवाद यात्रामा निस्किन लागेको महामन्त्री थापाले बताएका हुन् । यो यात्रा माघ २६ गतेसम्म चल्ने पनि उनले बताए । बिहान ७ देखि ९ बजेसम्म गरिने संवादका लागि […]

मिर्चैयामा सुत्केरीको मृत्यु, अस्पतालको लापरबाहीले मृत्यु भएको परिवारजनको आरोप

सिरहा, १२ माघ । सिरहाको मिर्चैयास्थित मिर्चैया अस्पतालको लापरबाहीले एक महिलाको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । बिहीबार बिहान मिर्चैया अस्पतालमा नर्मल सुत्करी भएकी मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्काकुमारी साहको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । रक्तश्राव नरोकिएपछि बेलैमा चिकित्सकले रेफर नगर्दा अकालमै अल्काको ज्यान गरेको मृतकका श्रीमान् ईन्द्रजीतकुमार साहले आरोप लगाए […]

आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

बर्दिया, १२ माघ । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। हिजो साँझ जलेर गम्भीर घाइते भएका बारबर्दिया नगरपालिका–३ भुरीगाउँका ८० वर्षीय चेतानन्द शर्माको आज बिहान उपचारका क्रममा निधन भएको हो । आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर शर्माको शरीरका विभिन्न भाग जलेको थियो । गम्भीर घाइते उनलाई जिल्ला अस्पताल […]

मधेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार भएको ठहर, सचिव भुसाल र झालाई जेल सजाय

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मधेश प्रदेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रदेशका छात्रालाई वितरण गर्न गरिएको साइकल खरिदमा भ्रष्टार भएको ठहर गरेको हो । लगातार […]

सप्तरीको रूपनीमा स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, पाँच जनाविरूद्ध मुद्दा

काठमाडाैँ, ११ माघ । सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चाैधरीसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौँस्‍थित विशेष अदालतमा उनीहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीका साथै लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद […]

मधेश प्रदेशले गण्डकीलाई दियो ३३६ रनको लक्ष्य, अनिले खेले शतकीय पारी

समनजिक फीडजनकपुरधाम , माघ ११ गते । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउदै तीन सय ३५ रन बनायो। मधेसका लागि अनिल साहले शतकीय पारी खेले। उनले […]

दलितसँग प्रेम गरेको भन्दै छोरी हत्याको आरोपमा एक जना पक्राउ

बारा, ११ माघ । दलितसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजिकै इमृतिया खोलाकिनारमा फालेको […]

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने ६ जना पक्राउ

पोखरा, ११ माघ । क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक क्यानेडियन र एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् । कास्की प्रहरीले मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्तर्वार्ता लिन बोलाएको सूचनाका आधारमा प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनारले छोरी क्यानेडामा […]

बालेनले राष्ट्रियसभा चुनावमा भोट नखासाल्ने

समाजिक फीडजनकपुरधाम ,माघ ११ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा चुनावमा भोट नखसाल्ने भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशको मतदान बिहान ९ बजेदेखि हेटौँडामा भइरहेको छ। उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । मेयर शाह कार्यव्यस्तताका कारण हेटौँडा जान नपाएको उनको सचिवालयले जनाएको छ। मेयर शाह बागमती प्रदेशका मतदाता […]

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

काठमाडाैँ, १० माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्तिमार्फत् अधिवेशन माघ २२ गते सोमबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो । यस अघि मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको […]