Samajik Feed – News Portal from Nepal

विदेश पठाइदिने भन्दै ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

काठमाडौँ, १५ माघ । विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका–४ का ३३ वर्षीय रामशरण शिवाकोटी हुन् । काठमाडाैँस्थित मिराकल कन्सलटेन्सीका सञ्चालक रहेका उनले युनिसा आलेमगर समेतलाई वैदेशिक रोजगारीमा पठाइदिने भनेर ठगी गरेको प्रहरीको आरोप छ । उनले ३३ लाख २ हजार रुपैयाँ ठगेको […]

बसले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु

बाँके, १५ माघ । बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका-१८ मा भे. १ ख १६९७ नम्बरको माइक्रो बसले लु. १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डाँगीको मृत्यु भएको प्रहरीले […]

मधेश प्रदेश : समान्य लेखपढ गर्न जान्नेका लागि जागिर खुल्यो, कति छ तलब ?

समाजिक फीड जनकपुरधाम, माघ १५ गते । नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि ८ जना कर्मचारी मागेको छ । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि सेनाले वृक्षारोपण हेरालु पदका लागि कर्मचारी माग गरेको हो । सेनाले सोमबार एक विज्ञापन जारी गर्दै कर्मचारी मागेको हो । वृक्षारोपण हेरालु पदका सामान्य लेखपढ गर्न सक्ने व्यक्ति भए […]

समयमा काम नगर्ने जनकपुरका नवनिर्माण सहित यी २२ वटा कम्पनी कालोसूचीमा

समाजिक फीड जनकपुरधाम, माघ १५ गते । नियमानुसार काम नगर्ने २२ वटा कम्पनीलाई एकैसाथ कालो सूचीमा राखेको छ। कालो सूचीमा पर्नेमध्ये अधिकांश निर्माण कम्पनीहरु छन्। सडक निर्माण तथा विभिन्न सरकारी ठेक्काहरु अलपत्र पारेको पाइएपछि ती कम्नीहरुलाई कालो सूचीमा राखिएको हो । न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि ती कम्पनीहरुलाई कालो सूचीमा राखिएको प्रधानमन्त्री तथा […]

सीडीयोलाई प्रदेश मातहत ल्याउन माग

काठमाडौँ, १४ माघ । प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारमातहत राख्न प्रदेश सरकारहरूले माग गरेका छन् । आइतबार गृह मन्त्रालयमा भएको प्रहरी समायोजनसम्बन्धी छलफलमा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग यस्तो माग राखेका हुन् । प्रदेशका मन्त्रीहरुले प्रहरी समायोजनका लागि यही माघ १७ मा प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय परिषद् समन्वय समितिको बैठकअघि नै गृहमन्त्रीसँग छलफल गरेका […]

कम्प्युटर इन्जिनियरसहित दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडाैँ, १४ माघ । अख्तियारले राहदानी विभागका तत्कालीन करार कम्प्युटर इन्जिनियरसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । राहदानी विभाग त्रिपुरेश्वरको परिचय पत्र शाखाका तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई, घुस वापतको रकम भट्टराईको खातामा जम्मा गर्ने सुमित्रा सापकोटाविरुद्ध मुद्दा दायर गरिएको हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणका […]

जिपले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

चितवन, १४ माघ । चितवनमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् । भरतपुर महानगरपालिका–१६ शिवघाटमा बाबु छोरी सवार बा‍‍. प्र. ००३ प ८६२४ नम्बरको मोटरसाइकललाई बा. प्र. ००१ च ११९७ नम्बरको जिपले ठक्कर दिएको हो । मंगलबार साँझ शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेका बेला भएको दुर्घटनामा स्थानीय ४१ वर्षीय […]

आज पनि सुनचाँदीको मूल्य स्थिर ,कतिमा हुँदैछ कारोबार ?

समाजिक फीड जनकपुरधाम , माघ १४ गते । आज फेरी नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। […]

सिरहाको मिर्चैयामा एक स्थानीयले अर्को स्थानीयको घर भत्काइदिए, विरोधमा चक्काजाम

सिरहा, १३ माघ । सिरहाको मिर्चैयामा एक जनाको घर भत्काइएपछि विरोध सुरु भएको छ । शनिबार बिहान करिब ३ बजे मिर्चैया नगरपालिका–६ का राजेशप्रसाद सिंहको घर मिर्चैयाकै एक स्थानीयले भत्काइदिएका हुन् । मिर्चैया नगरपालिका–५ का राजदेव कापरीले आफ्ना मान्छेहरू ल्याएर भत्काइदिएको पीडित सिंहको आरोप छ । यही विषयलाई लिएर शनिबार अपरान्ह पीडित तथा स्थानीयवासीले पूर्वपश्चिम […]

विमानस्थलका कर्मचारीलाई प्रहरीले कुटे

समाजिक फीड काठमाडौं, माघ १२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि प्रहरीले हातपात गरेका छन् । शुक्रबार बिहान ड्युटी सकेर फर्कने क्रममा प्रहरीले हातपात गरेको विमानस्थलमा कार्यरत कर्मचारीहरुले बताएका छन् । अध्यागमन अधिकृत छायाबहादुर मोक्तानमाथि प्रहरीले हातपात गरेको स्रोतले बताएको छ। नियमित जाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले प्रहरीलाई नै दुर्वचन लगाएपछि प्रहरी आक्रोशित […]