Samajik Feed – News Portal from Nepal

सौर्य एयरलाइन्सको विमान दुर्घटना: पाइलटलाई अस्पताल लगियो, उद्धारकार्य जारी

सामाजिक फीड जनकपुरधाम, श्रावन ९ त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमानका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ । विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ […]

काठमांडू दरबार क्षेत्र मे अवैध संरचना ७ दिन के भीतर हटाब लेल महानगर के निर्देश

सामाजिक फीड, जनकपुरधाम, ८ साउन २०८१, मंगलवार काठमांडू दरबार क्षेत्रके असाधारण धरोहर प्रभावित करबला बनाओल संरचना के सात दिन के भीतर हटाबय के निर्देश काठमांडू महानगर देने छै। काठमांडू दरवार क्षेत्र के भीतर निर्मित अप्राकृतिक, अप्रासंगिक आ अवैध संरचना के ७ दिन के भीतर हटाब के लेल निर्देशन महानगर द्वारा देल गेल छै। samajik_feedsamajikfeed.com

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदै

सामाजिक फीड जनकपुरधाम, श्रावन ६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् ।   संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको […]

आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

सामाजिक फीड जनकपुरधाम, ५ साउन २०८१, शनिवार नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । आइतबार अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो । प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले […]

बागमती नदीमा बेपत्ता बालकको १८ घण्टापछि शव बरामद

सामाजिक फीड जनकपुरधाम, श्रावण १ रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको १८ घन्टाको खोजीपछि शव बरामद भएको छ । जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमवार बेपत्ता भएको १० बर्षीय बालकको आज शव बरामद भएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ […]

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ११३ जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावण १ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय १३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ […]

प्रधानमन्त्री ओलीको शपथ आज 

सामाजिक फीड जनकपुरधाम, आसार ३१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ । आइतबार राष्ट्रपति पौडेलले संबिधानको […]

त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त

सामाजिक फीड जनकपुरधाम, आसार ३० त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् । आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्रीले धन्यवाद दिएका हुन् । भेटमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिका आधार र मापदण्ड सम्बन्धी […]

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

सामाजिक फीड जनकपुरधाम, आसार २८ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत […]

जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो, दुई जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, आसार २८ रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन । मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ […]