Samajik Feed – News Portal from Nepal

महोत्तरीबाट श्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । महोत्तरीको सदरमुकाम जलेश्वरबाट श्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढ़ा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार रहेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप गिरीका अनुसार उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. […]

जनकपुरको धान खेतमा मृत फेला परेका युवकको आफ्नै साथीबाट हत्या भएको खुलासा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवान र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महराको साथीबाटै हत्या भएको खुलेको हो । हत्या अभियोगमा पक्राउ पर्नेमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी […]

भ्रमणका लागि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आइपुगे

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । नेपालको चारदिने औपचारिक भ्रमणका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस गए राति काठमाडौं आइपुगेका छन् ।आज उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आजै […]

धनुषामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ११ गते । धनुषाको ढल्केवरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । मृत्यु हुनेमा मिथिला नगरपालिका–१ लक्ष्मीनिवास बस्ने २८ वर्षीय राकेश राउत छन् । शनिबार दिउँसो धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा बा.७९ प ४७५५ नम्बरको मोटरसाइकल र ज.२ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा […]

महोत्तरीमा ५० रुपैयाँको सिक्री विवादले साथीको हत्या, मावली आएका दुई भारतीय युवक पक्राउ

सामाजिक फीड- जनकपुरधाम, कार्तिक १० गते । महोत्तरीमा मेलामा ५० रुपैयाँमा पाइने सिक्रीको विवादले युवकको हत्या भएको खुलेको छ । पिपरा गाउँपालिका–५ हर्दिया टोलका १९ वर्षीय आशिक पासवानको मेलामा भएको समान्य विादमा दुई युवकले छुरा घोपीघोपी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले संगै मेला गएको दुईजना भारतीय नागरिकतालाई पक्राउ […]

जनकपुरको धान खेतमा मृत फेला परेका युवकको पहिचान खुल्यो

चान्दनी झा-जनकपुरधाम, कार्तिक ९ गते । जनकपुरधामको धान खेतमा मृत फेला परेका युवक जनकपुरकै रहेको खुलेको छ । प्रहरीका अनुसार मृतक जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराका अन्दाजी २५ वर्षीय छोरा रुपेश महरा रहेका छन् । बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको थियो । टाउको, मुख […]

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ७ गते । जनकपुरको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीको छोरी अन्दाजी वर्ष १६ की पुजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ । उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ […]

प्रदेश स्तरीय महिला कबडीको उपाधि धनुषाले जित्यो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ५ गते । धनुषाको बटेश्वरमा आयोजित प्रदेश स्तरीय महिला कबडी प्रतियोगिताको उपाधि धनुषाले जितेको छ । शनिबार भएको फाइनल खेलमा रौतहटलाई २६ अंकले पराजित गर्दै धनुषाले पहिलो उपाधि हात पारेको हो । निर्धारित खेल अवधिमा धनुषाको टीमले ४४ अंक बनाएर जित हात पर्दा रौतहट टीम १८ अंकमै सिमित हुन पुगे ।धनुषा टिमले […]

दशमीमा बनाइएको देवीदेवताको प्रतिमा भक्तजनको दर्शनका लागि खुला

रासस-महोत्तरी, कार्तिक ४ गते । मधेसमा महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा आज दिन बिहान बेलफलको […]

जनकपुरधामबाट १० सडक मावनको उद्धार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३ गते । जनकपुरधाम लगायत धनुषाको विभिन्न स्थानबाट १० जना सडक मानवको उद्धार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाबाट ७ जना र मिथिला नगरपालिकाबाट ३ जनाको उद्धार गरिएको समाजसेव प्रकाश थारुले जानकारी दिए ।बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका […]

error: Content is protected !!