Samajik Feed – News Portal from Nepal

मधेश सरकारले स्थानीय तहलाई वितरण गरिरहेको स–शर्त अनुदान वितरणमा माओवादीको असन्तुष्टि

सामाजिक फीडजनकपुरधाम , बैशाख २८ गते । मधेश प्रदेश सरकारले स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको नेकपा माओवादी केन्द्रले बताएको छ । मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आर्थिक वर्ष २०८०र८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती जारी गरि बताएका छन् । सरकारले आन्तरिक […]

वीरगञ्ज महानगरका पूर्वमेयर सरावगीद्वारा एमाले परित्याग

सामाजिक फीड, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेपाल एमाले परित्याग गरेका छन् । सरावगीले एमाले प्रवेश गरेको तीन वर्षमै राजीनामा दिएका हुन् । पार्टीभित्र आफ्नो मूल्याङ्कन नभएको भन्दै उनले अध्यक्ष केपीशर्मा ओलीको नाममा एक पत्र लेख्दै राजीनामा बुझाएका छन् । ०७८ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीतिमा लागेको सरावगीले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने […]

स-शर्त अनुदानमा मधेश सरकारले विभेद गरेको माओवादीको आरोप

सामाजिक फीड, जनकपुरधाम, २७ वैशाख । नेपाल माओवादी केन्द्रले मधेश सरकारले सशर्त अनुदान वितरणमा विभेद गर्दै आएको आरोप लगाएको छ । मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले शुक्रबार अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो आरोप लगाएका हुन् । आर्थिक वर्ष २०८०/८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् […]

प्रधानमन्त्रीले सत्ता जोगाउन राजनीतिक दल फुटाउनु भयो: लिङदेन

सामाजिक फीडजनकपुरधाम, बैशाख २७ गते । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्प कमल दाहाल माथि सत्ता जोगाउन दल फुटाउने आरोप लगाउनु भयो। सामाजिक संजालमा टिप्पणी गर्दै वहाले यस्तो आरोप लगाउनु भयो। बैसाख २३ गत्ते उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १२ मध्ये ७ सांसदले अशोक राईको नेतृत्वमा नया पार्टी “जसपा” गठन गरेको थियो। वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् […]

बझाङको उपनिर्वाचनमा जितेका प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । उपनिर्वाचन बझाङ-१ क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद र गोपनीयताको शपथ लिएका छन्। सभामुख भिमबहादुर भण्डारीले विहिबार प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। बझाङ-१ क्षेत्रको उपनिर्वाचनमा नेकपा ९नेपाल कम्युनिस्ट पार्टी० एमालेका भण्डारीले ११,६१२ मतसहित विजयी भएका थिए। उनी आफ्ना प्रतिस्पर्धी नेपाली […]

कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने सांसद्लाई सनाखत गर्न बोलाइयो

सामाजिक फीड, विराटनगर. २७ वैशाख । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबी पेश गरिएको थियो । प्रदेश प्रमुखले बिहीबार साढे १२ […]

गण्डकी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज पेसी

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ ।  प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरित रहेको भन्दै कांग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा उनले सरकारले पाएको विश्वासको मत संबिधान विपरित भएको भन्दा ठुलो दलको हैसियतमा […]

कोशीमा एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुदै

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्ने तयारी गरेका छन् । एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी भएको हो । आजै दाबि पेश गरेर नियक्तिदेखि […]

राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग

समाजिक फीड,जनकपुरधाम , वैशाख २६ गते । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् । निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपाललाई बर्खास्त गर्न माग गरेका हुन् । मुलुकको हित, स्वाभिमान र पदीय मर्यादा विपरीत सल्लाहकार नेपालले १०० रुपैयाँको नोटमा नेपालको […]

निर्वाचन आयोगविरुद्ध अदालत जान्छु: उपेन्द्र यादव

सामाजिक फीड, काठमाडौँ, २६ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजन गरी उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता […]