Samajik Feed – News Portal from Nepal

वैशाख २६ गते बोलायो एकीकृत समाजवादीले स्थायी कमिटी बैठक

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको हो।  बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ । स्थायी कमिटी बैठकले […]

मंगलबार सार्बजनिक बिदा

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते ।  सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । samajik_feedsamajikfeed.com

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलको २३ करोड ७५ लाख बराबरको सम्पतिको स्रोत नदेखिएको भन्दै मुद्धा दायर गरेको छ । पौडेललाई अख्तियारले […]

दुई दिने भ्रमणका लागि कतारका अमिर पहिलोपटक नेपाल आउँदै,

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी अप्रिल २३ र २४ मा नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट […]

प्रधानमन्त्रीले भने विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका हुन्  । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी […]

एमाले अध्यक्ष ओली अस्वस्थ

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखा, खोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका छन् । अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन […]

उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् ।  उनले भनेकी छन्-‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै […]

विकल पौडेलविरुद्ध मुद्दा दायर

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अमेरिकी पीआर लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष […]

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

समाजिक फीड,जनकपुरधाम , वैशाख ९ गते । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ ।   जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका भण्डारीले पदबाट राजीनामा दिएका छन् ।  गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि […]

सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

समाजिक फीड,जनकपुरधाम , वैशाख ७ गते। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्बदलीय सरकार बनाउन अपिल गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्बदलीय सरकार बनाएर संघियताको अभ्यास गर्न अपिल गरेका हुन् । उनले प्रदेशलाई अनिश्चिततातर्फ नधकेल्न आग्रह गर्दै संकल्प प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका छन् । उनले संकल्प […]