राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौँ , चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले […]
कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान
समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् । यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर […]
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् । samajik_feedsamajikfeed.com
विद्यालयका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध मुद्धा दायर

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालिन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७ हजार २७७ अनियमितता गरेको आरोप लगाएको छ । साथै विद्यालयको खर्च पारदर्शी […]
पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत

काठमाडौँ, २८ चैत्र । राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए । samajik_feedsamajikfeed.com
बागमतीका मेयर थापाविरुद्ध मुद्धा दायर

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मेयर थापाले ५ करोड ३३ लाख भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले २०७४ देखि २०७९ सम्म […]
विहिबार इदउलफित्रको सार्बजनिक बिदा

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्बजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन […]
प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए । यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन […]
प्रतिपक्षले संसदमा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छ- एकीकृत सामाजवादी

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगि भएको विषयमा छानबिन गरेर पिडितलाई न्याय दिन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पिडितलाई न्याय दिनुपर्ने बताए । उनले २०४७ सालदेखि सार्बजनिक पदमा रहेका […]
संसदको कार्यसूचीबाट गृहमन्त्रीले पेश गर्ने प्रस्ताव हटाइयो

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । प्रतिनिधिसभाको आजको बैठकको गृहमन्त्री रवि लामिछानेले पेश गर्ने राजनीतिक दल सम्बन्धि विधेयकलाई कार्यसूचीबाट हटाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिती गठनको माग राखिरहेको बेला गृहमन्त्री रोष्टममा गएर विधेयक पेश गर्ने कार्यसूची आजको बैठकबाट हटाइएको […]