Samajik Feed – News Portal from Nepal

जब सीके राउत आफै पर्चा बाँड्न हिँडे

सामाजिक फीड-काठमाडौं, माघ २८ गते । देशमा समाजवादी व्यवस्था फेल भएको भन्दै सामाजिक लोकतन्त्रको मार्ग अपनाउने प्रस्ताव गरेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत शनिबार काठमाडौंमा आफै पर्चा बाँड्दै सडकमा हिडेको भेटिए । देशमा दोस्रो गणतन्त्रका लागि आन्दोलन गर्नुपर्ने निश्कर्षसहित डा.राउत ९ बुँदे आन्दोलनका मागहरु सार्वजनिक गरेका छन् । उक्त मागहरुको एक पाने पर्चा बनाएका डा.राउत […]

जसपाको महाधिवेशन जेठ २८-३० सम्म धनुषामा हुने

समाजिक फीड जनकपुरधाम, माघ २५ गते । काठमाडौँ, २५ माघ । जनता समाजवादी पार्टीको महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म हुने भएको छ । बिहीबार जसपाको प्रचार प्रसार तथा प्रकाशन विभागले सार्वजनिक गरेको कार्यक्रमअनुसार २०८१ जेठ २८, २९ र ३० गते धनुषामा महाधिवेशन हुने भएको हो । त्यस्तै, महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयन २०८० चैत्र […]

संघीयता असफल भयो : उपेन्द्र यादव

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको बताएका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताउँदै उनले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताए । संविधानको संरचनागत ढाँचा नै गलत भएकाले […]

मधेश प्रदेश सांसद अभिराम शर्माको सेवासुविधा रोकियो

सामाजिक फीडजनकपुरधाम, माघ २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरिएको छ । मधेश प्रदेशसभा सचिवालयले माघ महिनादेखि प्रदेश सांसद शर्माको सेवासुविधा रोक्का गरेको गरेको जनाएको छ । गत मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले असई थमन विक हत्या प्रकरणमा शर्मालाई जन्मकैदको फैसला […]

पूर्वराजा पार्टी खोल्न सक्रिय भएका होला : ओली

सामाजिक फीडजनकपुरधाम, माघ २२ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र पार्टी खोल्न सक्रिय भएको हुन सक्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीको जिज्ञासामा उनले भने ‘पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला’उनले संघीयता पहिलो पटक आएकाले बलियो बनाउन मिहिनेत गर्नु पर्ने बताए । […]

मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान, मधेश सहित यी २३ स्थानमा हुँदैछ उपनिर्वाचन

समाजिक फीड जनकपुरधाम, माघ २२ गते । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। निर्वाचनको मिति तोकेपछि मतदाता नामावली नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ। स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको रिक्त स्थानमा पदपूर्तिका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो । रिक्त २३ […]

जनमत संघीय सरकार नछाड्ने

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । मधेश सरकार छाडेको जनमत पार्टी संघीय सरकार भने नछाड्ने भएको छ । आइतबार बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको जनमतको सचिवालय बैठकले संघीय सरकारमा रहिरहने निर्णय गरेको हो । गत माघ ११ गते मधेश सरकारबाट समर्थन फिर्ता लिँदै जनमत बाहिरिएको थियो । यसले जनमत संघीय सरकारबाट पनि बाहिरिने चर्चा चलेको थियो […]

मधेश प्रदेश : ६ वर्षमा प्रदेशसभाको २७५ वटा बैठक बस्यो

समाजिक फीड जनकपुरधाम, माघ २१ गते । मधेश प्रदेशसभा स्थापना भएको ६ वर्ष पुरा भएको छ । यसअवधिमा प्रदेशसभाको २७५ वटा बैठक बसेको छ । प्रदेशसभा सचिवालयका अनुसार त्यसअवधिमा ३८६ घण्टा ३१ मिनेट ५६ सेकेन्ड बैठक चलेको छ । २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । २०७९ असार ३२ सम्म प्रदेशसभाको ९ […]

जनताले दैनिक भोगिरहेको समस्या गठबन्धनको प्राथमिकतामा नै छैन : गगन थापा

सामाजिक फीड-जनकपुरधाम, माघ १८ गते । जलेश्वर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् । महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप यात्रा आरम्भ गरेको बताए ।आफूहरु […]

तत्कालीन मालपोत अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार

सामाजिक फीडजनकपुरधाम, माघ १६ गते । भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयमा शाखा अधिकृत रहेका मिनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तित्यार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले गैरकानुनी रूपमा चार करोड चालीस लाख पन्ध्र हजारभन्दा […]