Samajik Feed – News Portal from Nepal

एमाले नेता महतोको कारबाही फुकुवा

सामाजिक फीड-जनकपुरधाम, जेठ २४ गते । नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा गरेको छ। गत जेठ १९ गते सचिवालय बैठकले महतोको निलम्बन फुकुवा गरेको हो। त्यसको जानकारी एमालेले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतको कमिटीलाई पठाएको छ। ‘स्थानीय तहको निर्वाचनमा वर्तमान प्रदेश सभा सदस्य हरिनारायण महतो (धनुषा) को भूमिकाबाट पार्टीको अहित हुन पुगेकाले चेतावनीसहित […]

मधेश सरकारको नीति : प्रत्येक वडामा एग्रोभेटदेखि छोरीलाई ल्यापटपसम्म (पूर्णपाठ)

सामाजिक फीड-जनकपुरधाम, जेठ २३ गते । मधेश सरकारले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतासहितको नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कृषि क्षेत्रमा एक वडा एक एग्रोभेट निर्माण, उत्पादनमा वृद्धि ल्याउन अनुदानमा आधारित कृषि कार्यक्रम, पशुपंक्षी विमा, सिंचाइमा […]

काेशी सरकारबाट बाहिरिने मा‌ओवादीको निर्णय

विराटनगर, २३ जेठ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार विराटनगरमा बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ । बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता […]

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

सामाजिक फीड-जनकपुरधाम, जेठ २३ गते । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नोे […]

चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

सामजिक फीड-जनकपुरधाम,जेठ २० गते । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केका छन् । शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट उनी काठमाडौं फर्केका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भारतसित विभिन्न सम्झौता तथा समझदारी गरेका थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तर र […]

मधेश सरकारको नेतृत्व छाड्न जसपालाई दबाब

सामाजिक फीड-जनकपुरधाम, जेठ ४ गते । मधेश प्रदेश सरकारको नेतृत्व छाड्न (जसपालाई दबाव बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेेताको उपस्थितिमा भएको छलफलमा जसपा बाहेकका गठबन्धन भित्रका दलले यस्तो दबाब दिएको हो ।यद्यपि शीर्ष नेताहरुको उपस्थितिमा भएको छलफलमा कुनै सहमति भने जुट्न सकेन । मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । […]

मधेशका अर्थमन्त्री यादवले भने ‘प्रत्येक वडाका जनतालाई महसुस हुने गरी बजेट ल्याउछौं’

सामाजिक फीड-जनकपुरधाम, जेठ ४ गते । मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले जनअपेक्षा अनुसार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । बुधबार अर्थ मन्त्रालयले आयोजना गरेको पूर्व नीति तथा कार्यक्रम एवं बजेट सम्बन्धि छलफलमा मन्त्री यादवले प्रत्येक वार्डका जनतालाई महसुस हुने गरी बजेट निर्माणको काम सुरु भइसके बताए । ‘जनताका चाहना अनुसार […]

एमालेद्वारा मधेश सरकारबाट समर्थन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, जेठ १ गते । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिना पश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्व मन्त्री सरोज यादवले जानकारी दिए । […]

मधेश भवनमा अर्थ मन्त्री र निर्माण व्यवसायीबीच नोकझोक

सामाजिक फीड-जनकपुरधाम, बैशाख २६ गते । मधेश भवनमा अर्थमन्त्री संजय कुमार यादव र निर्माण व्यवसायीबीच नोकझोक भएको छ । सम्पन्न योजनाको बाँकी बक्यौता भुक्तानीको गुनासको लागि पुगेका निर्माण व्यवसायी र अर्थमन्त्री यादवबीच मंग्लबार समान्य नोकझोक भएको हो । निर्माण व्यवसायीहरु अर्थ मन्त्रालयमा पुगेपछि अर्थमन्त्री यादव त्यहाँबाट निस्केका थिए । निस्केपछि गाडी अगाडी गएर निर्माण व्यवसायीले […]

नेपाली जनताले नेपालमा भविष्य देख्न छाडिसके: सांसद् साह

काठमाडौँ, २६ वैशाख । सांसद् प्रभु साहले नेपाली जनताले नेपालमा भविष्य देख्न छाडिसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद् साहले देशमा भविष्य देख्न छाडेर युवा, मजदुर, पुँजीपतिहरू विदेश गइरहेको बताएका हुन् । उनले राज्य मेरो हो भन्ने भाव आम जनतामा आउन नसकेको पनि दाबी गरे । सांसद् साहले अहिलेको शासन प्रणालीमाथि पुनर्विचारको आवश्यकता […]