जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक भोलि बस्ने

काठमाडौँ, २४ मंसिर । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार बस्ने भएको छ । मङ्सिर २५ गते सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको पार्टीले जनाएको हो । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा माघमा हुने राष्ट्रियसभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको […]
अल्टिमेटम सकिएपछि मधेश सरकारले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै फेरि दिए आन्दोलनको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, मंसिर २४ गते । प्रहरी समायोजन लगायत ६ सुत्रिय माग राख्दै दिएको एक महिने अल्टिमेट सकेपछि संकल्प प्रस्तावसहित पुगेका मधेश सरकार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ । हिजो सकिएपछि आज मधेश सरकारका मुख्यमन्त्रीको नेतृत्वमा प्रमुखप्रतिपक्षी नेकपा एमालेसहित दलका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । संविधानमा व्यवस्था भएबमोजिमका […]
चुरेको अवैध दोहन रोक्न काँग्रेस सिरहाको माग

रासस-सिरहा, मंसिर २० गते । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर कांग्रेस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको […]
आज प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर १९ गते । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज महोत्तरी आउन लागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड आज महोत्तरीको गौशालामा आयोजना गरिएको माओवादी केन्द्रको मधेश प्रदेश पार्टी प्रशिक्षणका लागि आउन लागेका हुन् । आज बिहान ९ बजेको विमानबाट जनकपुर विमानस्थल आउने र त्यहाँबाट सिधै कार्यक्रम स्थल जाने माओवादी धनुषाका […]
नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्ने तयारी

काठमाडौँ, १७ मंसिर । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्ने तयारी हुन थालेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशन वैशाखमा सार्न प्रस्ताव गरेका हुन् । पार्टीका नेताहरूसँगको अनौपचारिक छलफलका क्रममा अध्यक्ष नेपालले वैशाखमा राष्ट्रिय महाधिवेशन गर्दा उपयुक्त हुने धारणा राखेका छन् । अनौपचारिक छलफलका क्रममा केही नेताले जेठ भनेका छन् भने केहीले असोजमा गर्न […]
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, मंसिर १३ गते । राष्ट्रिय सभाको निर्वाचन अगामी माघ ११ गते गर्ने सरकारले निर्णय गरेको छ ।आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माका अनुसार निर्वाचन आयोगसँगको परामर्शको आधारमा मिति निर्धारण गरिएको हो । आगामी फागुन २० […]
काँग्रेस मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते जनकपुरमा हुने

सामाजिक फीड-जनकपुरधाम, मंसिर १२ गते । नेपाली काँग्रेस मधेश प्रदेशको सम्मेलन अगामी पुस ५ र ६ गते जनकपुरधाममा हुने भएको छ । काँग्रेस प्रदेश समतिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।सम्मेलन भव्यता रुपमा सम्मेलन गर्न विभिन्न समिति तथा उपसमिति गठन गर्ने निर्णय भएको काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख […]
महोत्तरी ३ (ख) प्रदेशसभाका स्वतन्त्र प्रत्यासी युवा उज्वल जसपा प्रवेश

चाँदनी झाजनकपुरधाम, मंसिर १२ गते । महोत्तरी क्षेत्र ३ (ख) मा स्वतन्त्रबाट चुनाव लडेका युवा उज्वल झा जनता समाजबादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । महोत्तरीको एकडाडा गाउँपालिका १ मा मंगलबार जसपा जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनलाई केन्द्रय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । २०७९ को चुनावमा महोत्तरी क्षेत्र नं […]
रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक जलेश्वरमा सुरु हुँदै

महोत्तरी । ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ । बैठक दिउँसाे महोत्तरीको जलेश्वरमा सुरु हुने पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिएका छन् । तीन दिन चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा पार्टीको दीर्घकालीन […]
आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदै जनमत

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदैछ । आज रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको संगठन रहेको तराई मधेसको २३ वटा जिल्लामा यो दिनवस मनाइँदै छ । २०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र […]