Samajik Feed – News Portal from Nepal

केजरीवालको जमानतविरुद्ध इडीको उच्च अदालतमा रिट, आजै सुनुवाई हुदै

समजिक फीड जनकपुरधाम, असार ७ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने ट्रायल कोर्टको आदेशकोबिरूद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । ईडीले यस मुद्दाको तुरुन्त सुनुवाई गर्न माग गर्दै रिट दायर गरेको छ भने उच्च अदालतले ईडीको याचिका सुन्न तयार भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो सुनुवाइपछि मात्रै […]

स्थापनाको दुई बर्षमै सिंहदरबार पस्यौं- रवि लामिछाने

समजिक फीड जनकपुरधाम, असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् । रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफुहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई बर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् । उनले भनेका छन्-      […]

मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. साह नियुक्त

सामाजिक फीड ६ असार २०८१, बिहिवार डा. सोहन साह मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष बनेका छन्। मुख्यमन्त्री सतिश सिंहले बिहीबार उनलाई नियुक्त गरेका हुन्। आजै डा. साहले शपथ लिएर पदभार ग्रहण गरेका छन्। यसअघि, उनी जनमत पार्टीको तर्फबाट आयोगको सदस्य थिए। जनमत पार्टीले ९ माघमा सरकार छाडेपछि, सरकारले उनलाई बर्खास्त गरेको थियो। samajik_feedsamajikfeed.com

कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

समजिक फीड जनकपुरधाम, असार ५ संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो ।  यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर […]

सहकारीसम्बन्धि संसदीय छानबिन समिति कानुनी परामर्शमा

समजिक फीड जनकपुरधाम, असार ५ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।  बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।  बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर […]

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट संसदमा च्यातेका छन्

समजिक फीडजनकपुरधाम, असार ४ राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट संसदमा च्यातेका छन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३-४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका हुन् । उनले जिल्लाको नाम तोक्दा आलोचना हुन्छ भनेर कार्यक्रम मात्र लेखेर समेत बजेट छुट्याइएको […]

ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न- तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो ?

समजिक फीडजनकपुरधाम, असार ४ राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन् । उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटको १० प्रतिशत बजेट […]

चुरे संरक्षणमा सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ- प्रधानमन्त्री

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् । दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र […]

सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समितिको कार्यविधि पारित

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ काठमाडौं । सहकारीको बचत रकम ठगिसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात छानबिन प्रक्रियाको कार्यविधि पारित भएको हो । समितिले विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन यस अघि नै पत्राचार गरेको र […]

सांसदद्वय केसी र मण्डलको संसदको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुन्छ- मन्त्री सुमना श्रेष्ठ

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजेन्द्र केसी र योगेन्द्र मण्डलले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुने बताएकी छन् । बुधबार सांसदद्वय केसीले संसदमा बजेटमाथि आफ्नो धारणा राख्दै ‘सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला…’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै, अर्का सांसद मण्डलले वैवाहिक बलत्कार […]