Samajik Feed – News Portal from Nepal

बरहथवामा कर्फ्यू सकियो, निषेधाज्ञा लगाइयो

सामाजिक फीड-जनकपुरधाम, पुस २१ गते । सर्लाहीको बरहथवामा कर्फ्यूको समय आज बिहान ८ बजे सकिएपछि स्थानीय प्रशासनले २४ घण्टाको लागि निषेधाज्ञा लगाएको छ । आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । बरहथवा नगरपालिका ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा […]

सशस्त्र प्रहरीमा विभिन्न पदको लागि ठूलो संख्यामा भर्ना खुल्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २० गते । सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा विभिन्न पदको लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको हो । सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर […]

राम मन्दिरको प्राण प्रतिष्ठामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

सामाजिक फीड-जनकपुरधाम, पुस १९ गते । आज जानकी मन्दिरले ११ सय कोसेली (भार) भारत उत्तर प्रदेशको अयोध्यामा नवनिमित राम मन्दिरको प्राण प्रतिष्ठामा पठाउन लागेको छ । जनकपुरधामबाट सयौंको संख्यामा भारसहित जनकपुरधामको परिक्रमा गर्दै त्यस तर्फ प्रस्थान गर्न लागेको हो । मिथिलाञ्चलमा छोरीको ससुरालमा घरबास भए माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा […]

वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा ३२ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, पुस १९ गते । वीरगन्जबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगञ्जबाट जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका ६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर सडकबाट अन्दाजी […]

जंगली जानवरको आतंकले स्थानीय रातभर जाग्राम

रासस– पर्सा, पुस १८ गते । जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् । पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र […]

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरीको मृत्यु, तीन घाइते

सामाजिक फीड-जनकपुरधाम, पुस १८ गते । मोटरसाइकलको ठक्करबाट हेटौंडामा एक जना प्रहरीको मृत्यु भएको छ । मोटरसाइकलचालकसहित तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान डडेलधुरा अलिताल गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय विनोद एडी छन् ।आज बिहानै हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा हेटौँडाबाट नवलपुर जाँदै गरेको ना ४ प २२२ नम्बरको […]

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा १३ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, पुस १७ गते । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा १३ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प जाँदा १३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । मृतक सबै इशिकावा क्षेत्रका हुन् । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् […]

महोत्तरीका प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्र रहेनन्

रासस-महोत्तरी, पुस १७ गते । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनको सोमबार राति निधन भएको हो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको नेपाली कांग्रेस […]

बालकुमारी घटनामा मृत्यु भएका शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने

सामाजिक फीड-जनकपुरधाम, पुस १६ गते । मंसिर १३ गते बालकुमारीमा प्रहरीको बलप्रयोगबाट मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । मृतकका परिवार र सरकारबिच भएको ४ बुँदे सहमतिमा दुई जनालाई सहिद घोषणा गर्ने सहमति भएको हो । सहमितको तेश्रो नम्बर बुँदामा सरकारले मृतकलाई सहिद घोषणा गर्ने उल्लेख […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु

सामाजिक फीड-जनकपुरधाम, पुस १६ गते । आजदेखि अंग्रेजी नव वर्ष सन् २०२४ शुरु भएको छ । इस्वी संवतको नव वर्ष २०२४ सुरु भएको अवसरमा नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । […]