Samajik Feed – News Portal from Nepal

भुमी आयोग होईन, भु माफिया आयोग हो: प्रभु साह

सामाजिक फीड, २९ साउन।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् । सरकारले बिचौलिया, भूमाफियाका लागि भूमि विधेयक ल्याएको बताउदै उनले यस्तो सुझाव दिएका हुन् ।  प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले संविधानमा भएको व्यवस्था अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र […]

चिकित्सा शिक्षा आयोगले संख्याबृद्दीसँगै सिट निर्धारण

सामाजिक फीड, २९ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको २१ औैँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पिसिएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय […]

मृगाैला स्वास्थ्य बनाउन खानुहाेस् यी ४ चीज, देख्नु हुनेछ चमात्कार

जनकपुरधाम, २९ साउन । अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन् ।  यस्तो अवस्थामा तपाई हामीले गौलाको अलि बढी हेरचाह गर्नु महत्त्वपूर्ण छ । तपाईलाई भनौं कि मृगौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने र शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ। यस्तो अवस्थामा मिर्गौला स्वस्थ भएन भने यसले सम्पूर्ण शरीरमा नराम्रो […]

पाकिस्तानमा स्वतन्त्रता दिवस मनाउने क्रममा ३ को मृत्यु, ६४ घाइते

सामाजिक फीड, २९ साउन। पाकिस्तानमा स्वतन्त्रता दिवस उत्सव मनाउने क्रममा तीन जनाको मृत्यु भएको छ।  स्वतन्त्रता दिवस उत्सव मनाउने क्रममा गरिएको हवाई फायरिङका घटनामा एक बृद्दा, ८ वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको हो । जियो न्युजका अनुसार कम्तिमा ६४ जना अन्य शहरव्यापी उत्सवमा घाइते भएका छन् । उसका अनुसार अजिजाबादमा बन्दुकको छररा गोली लागेर […]

संसदमा प्रधानमन्त्रीको सम्बोधन (पुर्ण पाठसहित)

सामाजिक फीड, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा बिशेष सम्बोधन गरेका छन् । तुर्केमिस्तान भ्रमण देखी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको आरोपलगायतका बिषयमा उनले सम्बोधनको क्रममा समेटेका छन् । सभामुख महोदय,म अब केही समसामयिक विषयमा चर्चा गर्ने अनुमति चाहन्छु ।  हामी सरकारमा आउँदा संसद्को यो रोष्ट्रममा उभिएर हामीले संकल्प […]

नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी रहेका छन्ः गृह मन्त्री

सामाजिक फीड, २८ साउन । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ […]

एउटा सिंगो देशको जनता अष्ट्रेलियामा सर्दैछन् बसाई

सामाजिक फीड, २४ साउन। प्रशान्त महासागरमा अवस्थित टापु देश टुभालुको सम्पूर्ण जनसंख्या अस्ट्रेलिया सर्दैछ।  एक देशका जनता पूर्ण योजना र भिसा लिएर अर्को देशमा बसाइँ सर्न लागेको यो विश्व इतिहासमा पहिलो घटना हो । समुन्द्री सतह बढेका कारण टुभालु डुबानमा परेकाले यस्तो गर्नु परेको हो । यस्तो अवस्थामा टुभालुले आफ्ना नागरिकलाई अस्ट्रेलियामा बस्ने मौका दिने […]

यातायात व्यवस्था कार्यालय गौरमा अवैध लाइसेन्स कारोबारको जालो

सामाजिक फीड, २४ साउन। रौतहटको यातायात व्यवस्था कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा चरम अनियमितता र अवैध कारोबार चलिरहेको खुलासा भएको छ।  कार्यालयमा ज्यालादारीमा नियुक्त सरसफाईकर्मी पिन्टु सिंह उर्फ रोशन सिंहले कार्यालय प्रमुख जितेन्द्रकुमार गुप्ताको निकटस्थको रूपमा सेवाग्राहीहरूसँग अवैध रकम असुली गर्दै आएको गम्भीर आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार सिंहले मोटरसाइकल (दुईपाङ्ग्रे) लाइसेन्सका […]

डण्डिफोर हटाउन तमन्नाले प्रयोग गरिन् यस्तो अचम्मको तरिका?

सामाजिक फीड, २० साउन । आफ्नो प्राकृतिक सौन्दर्यका कारण चर्चामा रहने अभिनेत्री हुन् तमन्ना भाटिया । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो ब्यूटी सेक्रेट  सेयर गरेकी छिन्, जुन सुनेर धेरै मानिसहरु छक्क परेका छन् । तमन्ना भाटिया चलचित्र जगतको एउटा ठूलो नाम हो । हिन्दी चलचित्रका साथसाथै उनले तमिल र तेलुगु चलचित्रमा पनि काम गरिसकेकी […]

मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत

सामाजिक फीड, २० साउन । धेरै पटक हाम्रो अनुहारले संकेत दिन्छ, हामीले तिनीहरूलाई चिन्न आवश्यक छ। अचम्मको कुरा के छ भने यसको प्रारम्भिक लक्षण प्राय हाम्रो अनुहारमा देखिन थाल्छ । आउनुहोस् यी लक्षणहरू बारे जान्नुहोस्, जसले तपाईंको मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ। आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने यो […]