कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक
सामाजिक फीड, २० साउन । कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ। बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम म् […]
एनसेलले सुरु ग¥यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु

सामाजिक फीड, २० साउन । एनसेल अब भोल्टे अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ। यस सुविधासँगै एनसेलका ग्राहकहरूले अब विदेशमा यात्रा गर्दा पनि फोरजी नेटवर्कमार्फत स्पष्ट आवाजमा कल गर्न र उच्च गतिको डेटा चलाउन सक्नेछन्। सेवा सोमबारदेखि भारतबाट सुरु गरिएको हो, जहाँ एनसेलले एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा प्रदान […]
भारतमा नेपाली मूलकी युवतीलाई खम्बामा बाँधेर निर्मम कुटपिट
सामाजिक फीड, जनकपुरधाम, १९ साउन । बरेलीको किला थानाअन्तर्गत बारादरी मोहल्लामा ड्रोन चोरको अफवाहकै बीच एक नेपाली मूलकी युवतीलाई भीडले खम्बामा बाँधेर निर्मम रूपमा कुटपिट गरेको घटना सार्वजनिक भएको छ। पीडित युवतीको नाम सुस्मिता शालु उर्फ काजल हो। उनी घरको छतमा फोनमा कुरा गरिरहेकी थिइन्। तर, केही स्थानीयले उनलाई ‘ड्रोन चोर’ ठानेर घेराबन्दी गरे। अचानक […]
नागरिकद्वारा सूचना अधिकारको प्रयोग, राजदेवी नगरपालिकासँग १३ बुँदे सूचना माग
सामाजिक फीड, १८ साउन । राजदेवी नगरपालिका–१ निवासी प्रभु राय यादवले सूचना अधिकार ऐन २०६४ को दफा ३ अनुसार राजदेवी नगरपालिकासँग विभिन्न विकास योजनाहरू, खर्च विवरण, कर्मचारी नियुक्ति, स्वास्थ्य सेवा, कृषि कार्यक्रम, सञ्चारमाध्यमलाई वितरण गरिएको रकमलगायतका विषयमा विस्तृत १३ बुँदे सूचना माग गरेका छन्। उनले २०८२ साल साउन ४ गते नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत […]
तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

सामाजिक फीड-जनकपुरधाम, साउन १४ गते। तराई मधेसमा सिंचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ । पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो आकस्मिक निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याइसकेको जानकारी दिएका छन् । ‘तराईमा […]
बोलबमका लागि जल लिन जाँदा बेपत्ता भएका भारतीय नागरिकको तीन दिन पछि शब फेला

११ साउन, जनकपुरधाम – पवित्रसाउनमहिनामा भगवान शिवलाई चढाउन जल लिनआएका दुईजना भारतीययुवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ। डुबेर बेपत्ता भएका एक युवकको शव घटना भएको तीन दिनपछि आज फेला परेको छ। भारतको बिहार राज्य अन्तर्गत ग्राम घुरघुरा घरभएका २४ वर्षीय नितिश कुमार राउत (उर्फ संजिव कुमार) सहित ९ गते बेलुका […]
बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद
जनकपुरधाम, ११ साउन – सामाजिक फीड – । बाराको सिमरा चोकमा प्रहरीले भन्सार छलीको आशंकामा ५२ लाख भन्दा बढीको विभिन्न सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त जानकारीअनुसार विशेष सूचनाका आधारमा शुक्रवार राति १० बजे ईलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना […]
थाइल्याण्ड–कम्बोडियाबीचको १०० वर्ष पुरानो शिव मन्दिर विवादमा अहिलेसम्म ६२ को मृत्यु

जनकपुरधाम, १० साउन । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ । थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए । कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भने […]
जितको लक्ष्यसहित नेपाली महिला फुटबलर बंगलादेशसँग भिडदैँ

जनकपुरधाम, ५ साउन । नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिडन लागेका हो । यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुदैँछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ । हालसम्म बंगलादेशले सबै ५ खेलमा […]
पाकिस्तानमा बाढी पहिरोमा परी २०० बढीको मृत्यु

जनकपुरधाम, ५ साउन – पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ । जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ। जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १२३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा […]