Samajik Feed – News Portal from Nepal

पार्टीमा प्रचण्डको ब्रिफिङ: ओलीले झुट बोलेर धोका दिए 

समजिक फीडजनकपुरधाम, असार २६ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका छन् । बुधबार बसेको पार्टीको संसदीय दलमा एमाले अध्यक्ष ओलीले असार १८ गतेसम्म पनि झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका हुन् । आफुले बामपन्थी एकता हुन्छ भने तत्काल राजीनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्न अफर […]

नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाउने दुई जना पक्राउ

समजिक फीड जनकपुरधाम, असार २६ नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड […]

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल ढकाल

समजिक फीड जनकपुरधाम, असार २६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् ।  बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन […]

म नेपाली नागरिक नै हुँ, कुनै देशको पिआर लिएकी छैन- शिक्षामन्त्री श्रेष्ठ

समजिक फीड जनकपुरधाम, असार २६  शिक्षामन्त्री सुमना श्रेष्ठले आफु नेपाली नागरिक नै रहेको बताएकी छन् । मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिदै आफुले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन् ।  उनले आफुले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छन् । उनले आरोप आफैमा अस्पष्ट रहेको […]

फेरी विवादमा अभिनेत्री ज्याक्लिन

समजिक फीड जनकपुरधाम, असार २६ बलिवुड अभिनेत्री ज्याक्लिन फर्नानडिस फेरी विवादमा परेकी छन् । ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी)  ले फेरी बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् । ज्याक्लिनलाई इडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा इडीले […]

SAMSUNG का ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

समजिक फीड जनकपुरधाम, असार २६ दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल शुरु गरेका छन् । तलब र अन्य सुविधाको माग गर्दै कर्मचारीको युनियनले हड्तालको घोषणा गरेको हो ।  राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीनदिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो […]

रौतहटको सीमावर्ती गाउँमा छुरा प्रहारगरी युवकको हत्या, चार जना पक्राउ

समजिक फीड जनकपुरधाम, असार २६ रौतहटको दक्षिणीभेग भारतीय सीमासंग जोडिएको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एकजना युवकको हत्या भएको छ । ईशनाथ ९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी बर्ष १८ को  सहबाज मिया आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । ईशनाथ २ औरेया स्थित […]

नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

समजिक फीड जनकपुरधाम, असार २५ नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका […]

मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाइयो

समजिक फीड जनकपुरधाम, असार २५  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेको छ । मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपनि केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट भने नहटाएको कार्यवाहक प्रवक्ता […]

बाढी-पहिरोको क्षति बारे संसदमा जानकारी दिन लेखकको माग

समजिक फीड जनकपुरधाम, असार २५ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षति बारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । लेखकले सरकार अल्पमतमा परेको र विश्वासको मत लिने तयारी […]