नेप्सेमा सामान्य गिरावट

समजिक फीड जनकपुरधाम, असार ९ नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अरोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ । आज ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ […]
चुरे संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन सांसद प्रदीप पौडेलको माग

समजिक फीड जनकपुरधाम, असार ९ नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणमा सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् । संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा विरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनि आधार बनाएर सुनिस्चित गर्नुपर्ने मा जोड दिए । चुरे संरक्षणको लागि दबाब दिन माइतीघरमा कैयौं दिनदेखि आन्दोलन […]
संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवासमा छलफल

समजिक फीड जनकपुरधाम, असार ९ सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा […]
आईएल टी- २० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्र सिंह ऐरीसहित १३ खेलाडी रिटेन

समजिक फीड जनकपुरधाम, असार ७ नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई युएईको आईएल टी २० लिग फ्रेन्चाइजी गल्फ जायन्टलले रिटेन गरेको छ । गल्फ जायन्टले आउदो सिजनका लागि रिटेन गरेका १३ खेलाडीमा दीपेन्द्र पनि परेका हुन् । गल्फ जायन्टले ऐरीसहित जेम्स भिन्स, शिमरोन हेटमायर, क्रिस जोर्डन, आयान खान, जुहाइब जुबैर, ब्लेसिंग मुजरबानी, गेर्हार्ड इरास्मस, […]
११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात

समजिक फीड जनकपुरधाम, असार ७ चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो । त्यस्तै गत बर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात […]
भन्सार कर्मचारीको लापरवाही- १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय नागरिक फरार

समजिक फीड जनकपुरधाम, असार ७ रौतहट स्थित जिल्ला भन्सार कार्यालय गौरको लापरवाहीले सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित पक्राउ गरेको एकजना भारतीय नागरिक फरार भएको छ। भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत झरौखर जमुनियाका ३० बर्षीय गजेन्द्र राय यादव बिहीवार साँझ भन्सार कार्यालय […]
केजरीवालको जमानतविरुद्ध इडीको उच्च अदालतमा रिट, आजै सुनुवाई हुदै

समजिक फीड जनकपुरधाम, असार ७ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने ट्रायल कोर्टको आदेशकोबिरूद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । ईडीले यस मुद्दाको तुरुन्त सुनुवाई गर्न माग गर्दै रिट दायर गरेको छ भने उच्च अदालतले ईडीको याचिका सुन्न तयार भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो सुनुवाइपछि मात्रै […]
स्थापनाको दुई बर्षमै सिंहदरबार पस्यौं- रवि लामिछाने

समजिक फीड जनकपुरधाम, असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् । रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफुहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई बर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् । उनले भनेका छन्- […]
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो- प्रधानमन्त्री

समजिक फीड जनकपुरधाम, असार ७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यास […]
दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण

समजिक फीड जनकपुरधाम, असार ६ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउदै तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् । उनले किसानहरु काठमाडौँ आएर प्रदर्शनको तयारी गरिरहेको […]