आज भारत बन्दको आव्हान, विहारसहितका राज्य प्रभावित

सामाजिक फीड जनकपुरधाम, भाद्र ५ दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आव्हान गरेका छन् । अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयर सम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारत बन्दको असर देशका धेरै राज्यमा देखिएको छ । रिपोर्टका अनुसार बिहारको जेहानाबादमा प्रहरी […]
महावीर पुनलाई सरकारले दियो अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा

सामाजिक फीड जनकपुरधाम, भाद्र ५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। मदन उपाध्याय र केन्द्रका अध्यक्ष […]
नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौँ सडक अबरुद्व

सामाजिक फीड जनकपुरधाम, भाद्र ५ नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौँ सडक अबरुद्व भएको छ । झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले बैकल्पिक मार्ग […]
शिक्षामन्त्रीले मागिन त्रिवि पदाधिकारीको सुरक्षा

सामाजिक फीड जनकपुरधाम, भाद्र ५ शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् । मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको बताएकी छन् । उनले लेखेकी छन्- ‘त्रिभुवन विश्वविद्यालयमा […]
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, भाद्र ५ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ […]
प्रभु साहको कडा कदम: मधेसका विद्यालय बन्द गर्ने धम्की

सामाजिक फीड जनकपुरधाम, भाद्र ४ रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् । रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् । विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको […]
कोलकोता बलात्कार-हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिदै दियो विभिन्न आदेश

सामाजिक फीड जनकपुरधाम, भाद्र ४ भारतको कोलकोतामा महिला डाक्टरमाथि बलात्कारपछि भएको हत्याको घटनाले सिंगो भारतसहित अन्तर्राष्ट्रिय स्तरमै स्तब्ध बनाएको छ । यो घटनापछि भारतभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् भने घटनापछि प्रदेश सरकारको कदम बारे आलोचना भइरहेको बेला यस घटनामा सर्वोच्च अदालतले स्वस्फुर्त हात हालेको छ । सर्वोच्च यस विषयमा आफैँले संज्ञान लिएर सुनुवाई गरेको हो […]
सरकारका शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

सामाजिक फीड जनकपुरधाम, भाद्र ४ सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । […]
मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प

सामाजिक फीड जनकपुरधाम, भाद्र ४ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा […]
बक्स अफिसमा स्त्री-२ को बम्पर कमाई जारी

सामाजिक फीड जनकपुरधाम, भाद्र ४ बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको पाँचौं दिन सोमबार मात्र ३८ करोड ४० लाख कमाई गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २४२ करोड ४० लाख कमाई गरिसकेको छ । फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख […]