Skip to main content

Samajik Feed – News Portal from Nepal

बाराको अमलेखगंजमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु २४ जना बढ़ी घाईते

२० असोज, जनकपुरधाम। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो । सो घटनामा १४ जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएको छ।

करेन्ट लगेर २ दाजुभाईको मृत्यु

२० असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वार्ड नाम्बर्र २३ बिन्धि स्थित २ दाजुभाईको करेन्ट लगेर मृत्यु भएको छ। हिजो बुधबार करिब बिहान ३ बजेको घटना रेहको छ। मृत्यु हुनेमा ५५ वर्षीय रामेश्वोर चौधरी र ६० वर्षीय दिनेश चौधरी रहेको छ । दुवै भाई दशैंको मनाएर नुहाई धुवाई गरेर कपडा तारमा सुखाउन जाँदा करेन्ट लागेको थियो।

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

२० असोज, जनकपुरधाम। नाबालिग किशाेरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएकाे १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारकाे दाेहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे ।

एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको छ ।

२० असोज, जनकपुरधाम। एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको छ ।

FIFA ले शुक्रबार फिफा विश्वकपको आधिकारिक साउन्डट्र्याक ‘लाइट द स्काई’ सार्वजनिक गर्दैछ।

FIFA ले शुक्रबार लोकप्रिय अभिनेत्री नोरा फतेही, गायक बल्कीस फाथी, मनाल बेन्चलिखा, रहमा रियाद र रेड वनलाई फिचर गर्दै २०२२ फिफा विश्वकपको आधिकारिक साउन्डट्र्याक ‘लाइट द स्काई’ सार्वजनिक गर्दैछ। यसअघि फिफाले हया हैया र अर्भोको आधिकारिक साउन्डट्र्याक सार्वजनिक गरेको थियो ।

आज राति हुने UEFA च्याम्पियन्स लिगका खेलहरु:

साल्जबर्ग बनाम डायनामो जाग्रेब,आरबी लाइपजिग बनाम सेल्टिक,चेल्सी विरुद्ध एसी मिलान,रियल म्याड्रिड बनाम शाख्तर डोनेट्स्क,म्यान सिटी विरुद्ध एफसी कोबेनहावन,सेभिल बनाम डर्टमन्ड,बेन्फिका बनाम पीएसजी रयुभेन्टस विरुद्ध म्याकाबी हाइफा

गायक उदित नारायणका बारेमा झुटा समाचार फैईलीरहेको छ।

२० असोज, जनकपुरधाम। नेपाली सामाजिक सञ्जालमा भाइरल भइरहेका चर्चित गायक उदित नारायणका बारेमा झुटा समाचार रहेको छ। उनका प्रबन्धक र नजिकका आफन्तहरूका अनुसार “न्युज फेक हो”।

सन्दीप लामिछाने आज बिहान नेपाल आउँदैछन् ।

२० असोज, जनकपुरधाम। उनी भन्छन्, ‘नेपालको अख्तियारमा आफूलाई पेश गर्ने मेरो इमान्दार प्रतिबद्धताअनुसार म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु, मैले आफ्नो पेसबारे प्रहरी प्रशासनलाई लिखित जानकारी गरिसकेको छु । मेरो सुरक्षा र सुरक्षाको प्रत्याभूतिको लागि प्रहरीमा पेश गर्ने प्रक्रियामा मेरो कानुनी अधिवक्ता सरोजकृष्ण घिमिरे (अधिवक्ता) को उपस्थितिको लागि पनि […]