सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २७ गते ।
सरकारले नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन नतोकिएको मन्त्री शर्माले बताइन् ।