Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १६ गते ।

बारामा एक महिलाको शव भेटिएको छ । जितपुरसिमरा उपमहानगरपालिका– ६ मा एक महिलाको शव भेटिएको हो ।
आज बिहान स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको टोली घटनास्थलमा पुगेको थियो ।

महिलाको मुखमा चोटपटक तथा घटनास्थलको प्रकृतिले महिलाको हत्या हुन सक्ने प्रहरीको आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *