Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १४ गते ।

डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर आएको नयाँ मूल्यपछि डिजेलको मूल्य घटाएको हो ।

निगममा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार राति १ बजेदेखि नयाँ मूल्य लागु हुने छ ।

निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *