Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १० गते ।

महोत्तरीमा छुरा प्रहरा गरी एक युवकको हत्या भएको छ । महोत्तरीको पिपरा गाउँपालिका ५ हर्दियाटोलका राजनारायण पासवानको छोरा १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।
हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।
युवकको दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले मिलेर छुरा प्रहार गरी हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डिएसपी गिरीले बताए ।

घटनास्थलको मुचुल्का गरी आशिकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । पक्राउ गरिएका दुवै युवकको अहिले नाम खुलाइएको छैन ।
आज पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गर्न लागेको डिएसपी गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *