Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ६ गते ।

जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली प्रदान गरिएको छ । राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको थियो ।

महाअष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।

बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय संख्यामा स्वयंसेवक परिचालन गरेका थिए । बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले जनकपुरधाम गुठी संस्थानले लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *