सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २ गते ।
धनुषामा दशैँ, दिपाली र छठको अवसरमा मधेश प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । शिव शक्ति युथ क्लवको आयोजना तथा बटेश्वर गाउँपालिका–४ कार्यालयको आर्थिक सहयोगमा बटेश्वरमा तीन दिवशीय कबडी प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।
प्रतियोगिताको उदघाटनमा भएको दुई खेलमा धनुषा र रौतहट महिला कबड्डी टिम विजय भएको छ । सुरुमा पहिलो खेल धनुषा र बाराका महिला खेलाडीबीच भएको थियो । जसमा बारालाई पराजित गर्दै धनुषा ३३ अंकले विजयी भएको हो । धनुषा टिमले ५५ अंक ल्याए भने बारा टिम केवल २२ अंकमा सिमित भए । म्यान अफदी म्याच धनुषा टिमकी दिव्या साह घोषित भइन् ।

दोश्रो खेलमा पर्सा टिमलाई पराजित गर्दै रौतहट टिम २१ अंकले विजयी भएको छ । खेल अवधिमा रौतहट टिम ४६ अंक ल्याएर विजयी हात पार्दा पर्सा टिम २५ अंक मात्रै ल्याउन सके । रौतहट टिमकी जल्सा चौधरी म्यान अफ दी म्याच भइन् ।

शुक्रवारको खेल धनुषाको आयोजक टिम शिवशक्ति युथ क्लव र सिरहा, महोत्तरी र सर्लाही टिमबिच हुने आयोजक क्लवका प्रतिनिधि मदन विकले जानकारी दिए । कबडी प्रतियोगितामा आठवटै जिल्लाका महिला कबडी टिमले भाग लिएको छ । प्रतियोगितको प्रथम पुरस्कार ५१ हजार, दोश्रो पुरस्कार २५ र तेश्रो पुरस्कार ११ हजार रुपैयाँ राशीको रहेको आयोजकले जनाएको छ ।