Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २२ असोज । इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले यस्तो निर्णय गरेको हो ।

शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिनेसमेत निर्णय गरिएको छ ।

सरकारले इजरायलबाट नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन कूटनीतिक पहल गर्ने निर्णय गरेको छ । इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *