काठमाडाैँ, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेर दुर्व्यवहार गरेको छ । सोमबार दिउँसाे काठमाडाैँकाे कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईंमाथि दुर्व्यवहार भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कार्यक्रममा सहभागी हुन होटल हेल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको छ । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उनले समय–समय विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।