Samajik Feed – News Portal from Nepal

पर्सा, २१ असोज । पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइतबार विन्दबासिनी गाउँपालिकाका गर्दौल माध्यमिक विद्यालय र बहुअर्वा भाटाका विद्यार्थीहरूले विद्यालय घेराउ गर्न गएका बेला झडप भएको हो ।

त्यसक्रममा प्रहरीले आफूहरूमाथि कुटपिट गरेको विद्यार्थीहरूको आरोप छ । झडपमा परी ६ विद्यार्थी घाइते भएका छन् । विद्यार्थी र प्रहरीबीच झडप हुँदा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेमबहादुर गोढ र अनुरागकुमार यादव घाइते भएका हुन् ।

दुई विद्यार्थीको टाउकोमा चोट लागेको छ भने अन्यको हातखुट्टामा चोट लागेको छ । गर्दौलका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरुवा गरेको तथा बहुअर्वामा राम्रो पठनपाठन नभएको गुनासोसहित कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीहरूले गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *