Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज १६ गते ।

जनकपुरधाममा गौहत्याविरुद्ध उत्तेजक अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको हो ।

प्रहरीले भने उनलाई पक्राउ गर्नुको कारणबारे खुलाएको छैन।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार सामान्य सोधपुछको लागि ल्याइएको हो।
केहीदिन अघि जनकपुरधाममा गौ हत्याविरुद्ध निकालिएको जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै उनले गौहत्या गर्नेलाई त्यही खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएका थिए ।

‘हिन्दू राष्ट्र र गौहत्याको आन्दोलनमा १० वर्षअघिदेखि लागिरहेको छु। वैदिक सनातन धर्मावलम्बीहरू जिन्दावाद र मुर्दावाद मात्र भनेर हुँदैन, एकजुट हुनुपर्ने भएको छ। हाम्रो गौ मातालाई धरानमा काटिरहेका छन्, भोजपुरमा काटिरहेका छन्। झापामा काटिरहेका छन्। हामी केवल घाममा हिँडेर मात्रै गौमाता बाँच्ने छैनन्।’उनले भाषणको क्रममा खुकुरी देखाउँदै भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *