सामाजिक फीड-
जनकपुरधाम, असोज ९ गते ।
बारा स्थित नेपाल भारत सीमा दशगजा क्षेत्रमा गोली दागेर एक युवकको हत्या भएको हो ।
भारतबाट दुईवटा मोटरसाइकलमा आएका युवाहरूको समूहले भारत दारपा थानाअन्तर्गत सुकलैयाका २२ वर्षीय अजितकुमार सिंहको हत्या गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।
बाराको चरौता नगरपालिका ६ पकडीया गाउँको लक्ष्मीनिया पोखरीको डिलमा आज साँझ ती युवकको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रवि भूषण यादवका अनुसार नेपाल(भारत सीमावर्ती गाउँमा ती युवकको हत्या भएको थियो । हत्या गरिएका युवकसँगै आएका ५ जनाको समूहले कन्चट र घाँटीमा गोली हानी उक्त समूह फेरि भारततर्फ भागेको स्थानीयहरूले बताएका छन् ।
घटनास्थलमा तालिमप्राप्त कुकुर ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले ।