Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, असोज ५ गते ।

सर्लाहीको मलंगवामा दुई समुदायबीच भएको घटनामा दोषीलाई कारवाही गर्नेसहितका ६ बुँदे निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्याल सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले ६ बुँदे निर्णय गरेको हो ।

यस्तै, मलंगवामा शुक्रबार साँझ ५ बजेदेखि ७ बजेसम्ममा गणेश पूजाको सबै स्थानको मूर्ति एकैठाउँमा राखेर विर्सजन गरिने भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

ब्रम्हपुरी गाउँपालिकामा भएको तोडफोडको घटनामा संलग्नलाई समेत पक्राउ गरी कारवाही गर्ने, मानवीय तथा भौतिक क्षति पुर्याउनेलाई पक्राउ गरी उसैबाट क्षतिपूर्ति भराउने, आगामी दिनमा यस्ता किसिमका घटना हुन नदिन सबै पक्ष जिम्मेवार भएर लाग्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिहिबार मलंगवामा दुई समुदायबीच विवाद भएपछि राति १० बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *