सामाजिक फीड-
जनकपुरधाम, असोज ५ गते ।
नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् ।
यसअघि शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो।
देशभरका शिक्षकहरू विद्यायल नै बन्द गराएर तीन दिनदेखि काठमाडौंमा आन्दोलनरत थिए।
सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए ।