Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, असोज ३ गते

टिकापुरमा २०७२ भदौ ७ गते  घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन सहित चारजना आज रिहा हुँदैछन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना ३ जना र पोखरा सुधार गृहमा रहेका नाबालक एक जनाआज जेल मुक्त हुँदैछन।

कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाका अनुसार टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेका हुन्।

उनले कारागारमा रहेका उनीहरू ३ जनासंगै कारागारमा रहेका  ९ जना रिहा हुन लागेको बताए। यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *