सामाजिक फीड-
जनकपुरधाम, भदौ २३ गते ।
बाँकेमा रोकि राखेको ट्रकमा भ्रमण जाँदै गरेको बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ना ७ ख २३२१ नम्बरको बस ठोक्ँिकएर दुर्घघटना भएको हो
दाङबाट बर्दिया जाँदै गरेको बस दुर्घटनामा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए ।
मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका(३ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू छन्। मृतक तीन जनाको भने परिचय खुलिसकेको छैन।
डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन्। उनीहरू दाङ भ्रमणबाट फर्किँदै थिए।
दुर्घटनामा २८ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जना सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिए।
उनका अनुसार घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ । दुर्घटना विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।