Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, भदौ २ गते ।

नेपाली का‌ंग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेसका नेता प्रदीप गिरिको स्मृति दिवसको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भएपनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकता नेतृत्व वर्गमा देखिएको उनले बताए ।

‘स्थानीय तह, प्रदेशलाई अधिकार दिइएको छ भनेपनि सीडिओ र एसपीलाई अधिकार दिइएको छ भनेपनि सचिव र आईजीपीले अथवा गृहमन्त्री वा प्रधानमन्त्रीले त्यो अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट अहिले पनि हामी निर्देशित छौं’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *