Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपकुरधाम, असार ३१ गते ।

आजदेखि महोत्तरीको भंगहादेखि जयनगरसम्म रेल सेवा विस्तार भएको छ । आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका हुन् । मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो ।

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । जनकपुरधामको कुर्था जक्सनदेखि महोत्तरीको भंगहासम्म रोल सेवा संचालनमा आए

भंगहासम्म सेवा विस्तार गर्न रेललाई नव दुल्ही झै सृंगारिएको थियो । रेल हेर्न स्थानीयको घुँइचो लागेको थियो ।

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *