Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, असार ८ गते ।

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २८ करोड २३ लाख६९ हजार २९० रुपैयाँ बजेट ल्याएको छ ।
शुक्रबार भएको १०औं नगरसभामा उपप्रुख किशोरी साहले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगमयतलाई समेटेर उक्त बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालु तर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात्  ४९.७८ प्रतिशत रहेको छ भने पुजिगत तर्फ एडीबीसहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत छ विनियोजन गरिएको छ । त्यस्तै वितीय व्यवस्थापन  तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात्  २.३४ प्रतिशत छुट्याइएको छ ।

पुजिगत तर्फ उपमहानगरपालिकाको छुट्टै ५६ करोड ९५ लाख १८ हजार २९० रुपैयाँ  अर्थात् – २३.९५% छ । एडीबी परियोजनाको लागि  ५२ करोड ३३ लाख १७ हजार अर्थात् २२.९३ प्रतिशत रहेको उपमहानगरपालिकाका लेखापाल सुनिल साहले जानकारी दिए ।

बजेट आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९० रुपैयाँ, बाह्य स्रोतबाट  १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० हजार ल्याइएको छ ।

नगरसभाको अध्यक्षता उपमहानगरप्रमुख मनोज कुमार साहले गरेका थिए भने उपमहानगरपालिकाका जनप्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, एसपी विश्वराज खड्का, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशी लगायत कर्मचारीहरुको उपस्थिति नगरसभामा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *