Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार ३ गते ।

मधेश प्रदेहसभामा सात मध्ये पाँचवटा संसदीय समितिको सभापति चयन गरिएको छ ।
दलहरुले भागवण्डामा शनिबार साँझ सर्वसहमतिद्वारा रुपमा पाँचसमितिको सभापति चयन गरिएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा, विकास समिति सभापतिमा जसपाका सारदा शंकर प्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिश कुमार सिंह र प्राकृतिक श्रोत तथा वातावरण समितिको सभापतिमा माओवादी केन्द्रकी सारदा पहाडी चयन भएकी हुन् ।

मधेश प्रदेशसभामा सतदेखि माथि सांसद रहेका ७ दलले एकएकवटा संसदीय समिति भागवण्डामा टुंगो लगाएर सभापति चयन गरेको हो ।
जस मध्ये नेपाली काँग्रेस र एकीकृत समाजवादीको भागमा परेको प्रदेशसभा मामिला र कृषि तथा भूमि व्यवस्था समितिमा सभापति चयन गर्न बाँकी छ । केही दिनभित्रै दुबै दलबाट पनि उपसभापति चयन हुने सचिव यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *