सामाजिक फीड-
जनकपुरधाम, असार २ गते ।
धनुषा प्रहरी विरुद्ध नेकपा एमालेले प्रदर्शन गरेको छ । शनिबार धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काविरुद्ध एमाले नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।
एमाले केन्द्र सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियाको नेतृत्वमा नेताकार्यकर्ता जनकपुरको भानुचोकबाट प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए ।
एसपी खड्का काँग्रेसी कार्यकर्ता जस्तरी काम गरेर एमाले नेताकार्यकर्तामाथि वैर भाव राख्ने र विभिन्न घटनाहरुमा फसाउने प्रपञ्च गरिरहेकाले उनीविरुद्ध प्रदर्शन गरेको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए ।
शुक्रबार दिउँसो शिक्षा इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई युवाहरुको एक समूहले कालोमोसो गरेका थिए ।
शिक्षक सरुवा, पदस्थापना लगायतको कार्यमा घुस खाएको भन्दै शर्मालाई कालोमोसो दलेको युवाहरूलाई फँसाउन खोजेको एमालेको आरोप छ। ‘अनियमित काम बदमासी गर्दा प्रमुखलाई अज्ञात युवा समुहले कालोमोसो गरे । यो घटनामा पनि एमालेका नेताकार्यकर्ता फसाउँन खोजेका छन् । अन्य घटनमा पनि एमाले नेता ताकी ताकी फसाउन खोज्छन् । काँग्रेसी कार्यकर्ता जस्तो काम एसपी गरिरहेकाले उनी विरुद्ध एमाले प्रदर्शन गरेको हो’ अध्यक्ष यादवले भने ।