सामाजिक फीड-
जनकपुरधाम, असार २ गते ।
चर्को आलोचनापछि मधेश सरकारले”छोरीलाई साईकल वितरणमा ब्रेक र ल्यापटप वितरण कार्य नगर्ने भएको छ । मधेश सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा यी दुबै योजनाका लागि बजेट विनियोजन नगरेको जनाएको छ ।
सरकारले बजेट अघि ल्याएको नीति तथा कार्यक्रममा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छोरीलाई साईकल वितरणको निरन्तरता र कक्षा १२ की छोरीलाई प्रविधि क्षिछामा जोड दिने उदेश्यले ल्यापटप वितरण गर्ने भनेको थियो । तर विगतमा भएको साईकल वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नै दायर गरेको छ भने पाँच हजार साईकल वितरण नभएर मधेश भवनकै एक गोदाममा कवाड बनिरहेको छ । यस्तो अवस्थामा पुन : साईकल वितरण गर्ने नीति तथा कार्यक्रमको चर्को आलोचना र ल्यापटप वितरणमा पनि साईकल काण्ड जस्तै हुनेभन्दै विरोध हुन थालेपछि सरकारले बजेट विनियोजन नगरेको हो । अर्थमन्त्री संजय कुमार यादवले यी दुई शीर्षकमा बजेट विनियोजन नगरेको बताए ।
यी दुई योजनाको साटो सरकारले कक्षा आठदेखि १२ सम्मको छात्राको लागि मासिक सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम नयाँ ल्याएको छ । जसको लागि बजेट विनियोजन गरेको छ । त्यस्तै मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत जारी छोरी बिमा, छात्रवृत्ति, लोकसेवा तयारी कक्षालाई निरन्तरता दिन बजेट विनियोजन गरेको हो ।