Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, असार १ गते ।

मधेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट ल्याएको छ ।
चालू तर्फ १८ अर्ब २१ करोड, ७६ लाख १४ हजार अर्थात् ४१.३० प्रतिश र पुजिगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
अर्थ मन्त्री संजय कुमार यादवले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्व ३७ करोड ८१ लाख २ हजार, नेपाल सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त ११ अर्व ३८ करोड १९ लाख र समानीकरण वापत प्राप्त अनुदान ७ अर्व ४१ करोड ५० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात १२ अर्व ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्व ५६ करोड ८५ लाख गरी जम्मा ४४ अर्व ११ करोड ४६ लाख ३२ हजार व्यहोर्दा २ अर्व न्यून हुने देखिन्छ । सो न्यून पूर्ती गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

बजेटमा कृषि, शिक्षा,स्वास्थ्य, भौतिक पर्वाधार, सडक, सिंचाई, धार्मिक मठमन्दिरको सौन्दर्यकरण, पर्टन प्रवर्द्धन लगायत समेटिएको छ ।
एकपालिका एक उत्पादन क्षेत्र, मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम, कृषि सडक निर्माण, जहाँबाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम सुख, सडकको दुबै छेउ वृक्षारोपन कार्यक्रम, चुरेमा जलासय निर्माण, वृक्षारोपन लगायत कार्यक्रम नयाँ रहेको छ ।

जनता आवास, मुख्यमन्त्री, स्वच्छता अभियान, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान लगायत कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

जेष्ठ नागरिकलाई अस्पतालमा नि:शुल्क पूर्जा, आँखा दाँत कानको नि: शुल्क उपचारको व्यस्था गर्ने बजेट बक्तव्यमा छ ।

सबै पालिका देखि राजधानी जोड्ने बाटो निर्माण र स्तरोन्नति, प्रादेशिक अस्पतालहरुको स्तरोन्नति, सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको वातावरण सृजना, एक परिवार एक रोजगार कार्यक्रम लगायत कार्यक्रम बजेटमा समेटिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *