Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ ३० गते ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक सिंगो सदनको विश्वासको मत पाएका छन् । आज अकास्मिक रुपमा बसेको प्रदेशसभा बैठकमा उपस्थित १०३ सांसदको विश्वासको मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षीसहित नेकपा एमालेसहित सदनाका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औं दिन अकास्मिक रुपमा विश्वासका मत लिएका हुन् । मुख्यमन्त्री यादव यसअघि पहिलो पटक माघ ४ गते प्रदेशसभामा सिंगो विश्वासको मत पाएका थिए । पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।
समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिन प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्था छ । तर मधेश सरकारले स्पष्ट बहुमत कायमै रहेको भन्दै विश्वासको मत लिन पर्ने मनस्थितिमा थिए । विश्वासको मत नलिए कानुनी अड्चन आउन सक्ने देखेपछि आज मुख्यमन्त्री सरोज यादवले प्रदेश सभाको अकास्मिक रुपमा विश्वासको मत लिने बिहान निर्णय गरेका थिए । जसको लागि प्रदेशसभा सचिवालयले बिहान ११ बजे प्रदेश सांसदहरुलाई उपस्थितका लागि साँझ ५ बजे विशेष बैठक भनेर एसएमएस मार्फत जानकारी पठाएका थियो ।
प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र माओवादी केन्द्रका ९(९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

विश्वासको मत लिँदै मुख्यमन्त्री यादवले अगामी असार १ गते ल्याउन लागेको बजेट जनतामुखी हुने प्रतिवद्धता जनाएका छन् । उनले सरकारमाथि गरेको विश्वासले उर्जा बढेको भन्दै कसैलाई भेदभाव काँखापाखा नगरी अघि बढ्ने बताए ।
संयन्त्र बनाएर प्रदेशलाई भ्रष्टाचार मुक्त गर्ने आश्वासन व्यक्त गर्दै उनले विकास अघि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *