सामाजिक फीड-
जनकपुरधाम, जेठ ३० गते ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादव हतारमा विश्वासको मत लिन लागेका छन् । आज साँझ ५ बजेको लागि अकास्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए ।
प्रेदशसभा सचिवालयले सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर आज साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ ।
सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी व्यवस्था छ । पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएक थिए । समिकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएका थिए । यस अनुसार भोलिसम्मा जसरी पनि सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ ।
तर, विश्वासको मत लिन मधेश सरकारले कुनै चाँसो देखाएको थिएन । ३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादव अकास्मिक रुपमा विश्वासको मत लिन लागेका हुन् ।
आज बिहान गबन्धन दलका मन्त्रीहरुको बैठकले मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनु पर्ने निर्णय गरेका छन् । गत २६ गते बसेको प्रदेशसभाको बैठक अगामी जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो ।