सामाजिक फीड-
जनकपुरधाम, जेठ २७ गते ।
जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।