Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ २४ गते ।

नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा गरेको छ। गत जेठ १९ गते सचिवालय बैठकले महतोको निलम्बन फुकुवा गरेको हो।

त्यसको जानकारी एमालेले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतको कमिटीलाई पठाएको छ।

‘स्थानीय तहको निर्वाचनमा वर्तमान प्रदेश सभा सदस्य हरिनारायण महतो (धनुषा) को भूमिकाबाट पार्टीको अहित हुन पुगेकाले चेतावनीसहित केन्द्रीय कमिटी सदस्य पदबाट निलम्बन गरिएको थियो,’ एमालेले अपानिमा भनेको छ, ‘गएको आमनिर्वाचनमा निजलाई प्रदेश सभाको सदस्य पदको उम्मेदवार बनाइएको र त्यस निर्वाचनमा निर्वाचित भई पार्टीको संसदीय दलमार्फत क्रियाशील रहेकाले निलम्बन गरिरहन युक्तिसंगत देखिएन।’

आगामी दिनमा त्यस्ता प्रकृतिका गल्ती नदोहोर्‍याउने निर्देशनसहित निलम्बन फुकुवा गरिएको एमालेले बताएको छ।

महतो गत मंसिर ४ को चुनावमा धनुषा क्षेत्र नं. ४ (ख)बाट प्रदेश सभामा निर्वाचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *